धनौजी गाउँपालिका धनुषाका तत्कालीन अध्यक्ष बद्री नारायण सिंह, उपाध्यक्ष रामबति देवी मंडल, प्रमुख प्रशासकीय अधिकृतसमेत ९ जना र कन्स्ट्रक्सन प्रा.लि. उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी/हिनामिना गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।



प्रेस विज्ञप्ति:- मिति २०८२।०३।२० गते।
------------------------------------------

जिल्ला धनुषा, धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०७७/०७८ मा बजार नाला तथा फोहरमैला व्यवस्थापन शीर्षकबाट बिना कुनै निर्णय बजार सेड निर्माण कार्यमा गोप्य रुपमा एउटै निर्माण व्यवसायीबाट तीन वटा निर्माण व्यवसायीको नामले टेन्डर भर्न लगाई कमिसन लिई बिना प्रतिस्पर्धा रु.१ को मात्रै फरक पारी एकता सप्लार्यससँग मिलेमतोमा सम्झौता गरी गुणस्तरहीन बजार सेड निर्माण गरी काम भन्दा बढी नापी किताब तयार गरी भुक्तानी दिई बजेट रकम हिनामिना गरेको भन्नेसमेत व्यहोराको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०७७।७८ र आ.व. २०७८।७९  मा संघीय सरकारबाट हस्तान्तरित विशेष अनुदानतर्फ बजार नाला तथा फोहोरमैला व्यवस्थापन शीर्षकमा क्रमश: रु.५०,००,०००।– र रु.४२,००,०००।- विनियोजन भएकोमा सो योजना कार्यान्वयन गर्ने क्रममा गाउँपालिकाबाट आ.व.२०७७,७८ मा Construction of steel truss structure for the shadow at Dhanauji Bazaar भन्ने योजना (ठेक्का नं. GNDR-077/078-02) को नाउँबाट मिति २०७७/१२/२२ मा प्रथम पटक बोलपत्र आह्वानको सूचना प्रकाशन गरेकोमा मिति २०७८।०१।१३ गतेको कार्यपालिका बैठकले उक्त शीर्षकलाई संशोधन गरी बजार सेड सटर RCC Building Constructions बनाएको, उक्त संशोधनको निर्णय गर्ने अधिकार गाउँपालिकालाई नरहेकोमा योजना संशोधन गरी गराई विशेष अनुदान सम्बन्धी (तेस्रो संशोधन) कार्यविधि, २०७७ विपरीतको कार्य गरेको, सार्वजनिक खरिद ऐन, २०६३ को परिच्छेद ३ मा व्यवस्था भए अनुरूप Procedural Chain of custody Maintain हुने कागजातहरु तयार तथा स्वीकृत नगरे नगराएको, तीन वटा कम्पनीले पेश गरेको दररेटमा एउटा आइटम (cement sand/flushing plaster) बाहेक सबै आइटमहरुको दररेट एउटै पेश भएको, उक्त कम्पनीहरुले आपसमा मिलेमतो गरी बदनियतपूर्वक टेन्डर फारमको Detail Estimate and Cost/(BOQ) आइटम cement sand/flushing plaster मा एक/एक रुपैयाँको फरकमा दररेट पेश गरे गराएको, योजना अनुगमन समितिका पदाधिकारी तथा कर्मचारी, भुक्तानी कार्यमा संलग्न कर्मचारी र निर्माण व्यवसायी समेतको मिलेमतोमा फिल्डमा हुँदै नभएको टाई बिमको कार्य भए गरेको भनी नापी किताब तयार गरी गराई उक्त आइटमको भुक्तानी गरे गराएकोमा स्थलगत नापजाँच गर्दा टाई बिम राखेको नदेखिएको, प्रथम र दोस्रो रनिङ बिलमा एउटै आइटमको परिमाणमा दोहोरोपना हुने गरी निर्माण व्यवसायीलाई भुक्तानी दिएको, उक्त ठेक्काको म्याद मिति २०७८।१२।२५ सम्म  भएको र त्यसपछि म्याद थप नभएको अवस्थामा समेत मिति २०७९।०३।२३ देखि मिति २०७९।०६।१५ गते सम्म भनी नभए नगरेका कुरा भए गरेको देखाई झुट्टा कागजात सिर्जना गरे गराएको, सम्झौता बमोजिमको कार्य सम्पन्न नगरी नगराई योजना अधुरो र अलपत्र अवस्थामा रहेकोमा, पालिकाबाट सो योजना सम्पन्न गर्न कुनै प्रयास गरेको नदेखिएको र निर्माण भएको बजार सेड सटर RCC Building Constructions प्रयोग प्रचलनमा आएको तथा आउन सक्ने अवस्था नदेखिएको Flow Chart  यस प्रकार रहेको छ। क्रमश...

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)

प्रवक्ता
राजेन्द्र कुमार पौडेल

आरोपत्र प्रेश बिज्ञप्ति आरोपत्र प्रेश बिज्ञप्ति
  

Other Press Release

जिल्ला काठमाडौं, मालपोत कार्यालय, टोखा सरस्वतीका तत्कालीन कार्यालय प्रमुख सुबोध कुमार खनालसमेत २७ जना उपर गलत लिखत, सरकारी कागजात सच्याएको, नोक्सान गरेको, गलत प्रतिवेदन तयार गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/10
श्री मुक्त कमैया बाल संरक्षण आधारभूत विद्यालय, कैलालीमा कार्यरत बालविकास शिक्षक नन्दा कुमारी शाही उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/10
जिल्ला कृषि विकास कार्यालय, धनुषाका तत्कालीन कार्यालय प्रमुख सुकेश्वर झासमेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/10
विष्णुपुर गाउँपालिका सिरहाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रविन्द्र कुमार महतसमेत ८ जना र साना किसान कृषि सहकारी संस्था लिमिटेड उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/09
जिल्ला पर्सा, पोखरिया नगरपालिकाका तत्कालीन अधिकृत छैठौं संजय कुमार पाण्डेयसमेत ३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी, सरकारी कागजात सच्याएको तथा गलत लिखत तयार गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/09
जिल्ला स्याङ्जा, अर्जुनचौपारी गाउँपालिकामा सहायकस्तर पाँचौ तहमा कार्यरत हिरालाल काफ्ले उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/09
निजामती कर्मचारी अस्पताल, नयाँबानेश्वर काठमाडौंको फार्मेसी युनिट इन्चार्ज तथा फार्मेसी अधिकृत दिपा ढुङ्गानासमेत ८ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/08
भूमि प्रशासन कार्यालय, मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज कण्डेल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/08
जनता माध्यमिक बिद्यालय, वेतहा भवानीपुर, सिरहामा मा.वि. तृतीय श्रेणीमा शिक्षकको रुपमा कार्यरत गुन्जेश्वर मण्डल उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/08