जिल्ला मुगु, सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्ल, इन्जिनियर, वडा अध्यक्षसमेत १२ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८२।०५।०१ गते।
------------------------------------------

जिल्ला मुगु, सोरु गाउँपालिकाको आ.व. २०७७/०७८ मा सोरु गाउँपालिका वडा नं. १ स्थित जवलधारा पी.सी.सी. सडक निर्माण योजनामा वास्तविक कामभन्दा बढी मूल्याङ्‍कन गरी रकम हिनामिना गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला मुगु, सोरु गाउँपालिकामा आर्थिक वर्ष २०७७/०७८ को मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सोरु गाउँपालिका वडा नं. १ स्थित जवलधारा पी.सी.सी. सडक निर्माण योजनाको लागि मुख्यमन्त्री रोजगार कार्यक्रमको अनुदान रकम रु.३६,४०,०००।- र योजना सम्झौताबमोजिम जनश्रमदान  रु.३,७३,४३९।४४ गरी उक्त सडक निर्माण योजनाको  कूल लागत अनुमान रु.४०,१३,४३९।४४ मा कार्य सम्पन्न गर्ने गरी उपभोक्ता समिति र गाउँपालिका बीच मिति २०७८।०२।१० मा सम्झौता भई कार्यदेश दिएकोमा उक्त सडक निर्माण गर्दा लागत अनुमान अनुसार कार्य नगरी वास्तविक भए गरेको कार्यभन्दा बढी कार्य भएको भनी गलत नापी किताब र कार्य सम्पन्न प्रतिवेदन तयार गरे गराएको, निर्मित संरचनाहरुमध्ये Earthwork in Excavation, Stone soling, Road site PCC (1:2:4) र Dry Stone Masonry आईटमको नापी किताबमा क्रमश: १७७.७९, १७७.७९, ८८.९०, ३२.५१ m3 उल्लेख भएकोमा प्राविधिक प्रतिवेदन  अनुसार स्थलगत रुपमा नापजाँच गर्दा क्रमश: १४५.२७, १४५.२७, ७२.६४ र २६.५६ m3 मात्र सम्पन्न भएको देखिएकोमा नापी किताब, कार्य सम्पन्न प्रतिवेदनमा उल्लेख भएको भन्दा क्रमश: ३२.५२, ३२.५२, १६.२६ र ५.९५ m3 बढी उल्लेख गरी आपसी मिलेमतोमा बढी काम भएको देखाई रु.७,०६,७९९।७५ बढी भुक्तानी दिने/लिने कार्य गरे/गराएको पुष्टि भएकोले देहायका प्रतिवादीहरु उपर देहायबमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। क्रमश...

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)


प्रवक्ता
राजेन्द्र कुमार पौडेल

आरोपत्र प्रेश बिज्ञप्ति आरोपत्र प्रेश बिज्ञप्ति
  

Other Press Release

१.बडीकेदार गाउँपालिका, डोटीका तत्कालीन अध्यक्ष कृष्ण बहादुर चन्द, तत्कालीन उपाध्यक्ष इन्द्रा कुमारी बोहरासमेत ८ जना र भागरथी निर्माण सेवा, धनगढी, कैलाली उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी एवं गलत प्रतिवेदन दिई दिन लगाई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/16
२.बडीकेदार गाउँपालिका, डोटीका तत्कालीन अध्यक्ष कृष्ण बहादुर चन्द, तत्कालीन उपाध्यक्ष इन्द्रा कुमारी बोहरासमेत ७ जना र भागरथी निर्माण सेवा, धनगढी, कैलाली उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी, गलत प्रतिवेदन तथा सरकारी कागजात नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/16
जिल्ला सुर्खेत, भेरीगंगा नगरपालिकास्थित साजगोठेरी सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष लोक बहादुर महतारासमेत ३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/15
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सप्तरीका तत्कालीन कार्यालय प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा. प्रभात झासमेत ४ जना र राधा कृष्ण निर्माण सेवा, राजविराज, सप्तरी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/11