जिल्ला मुगु, सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्ल, इन्जिनियर, वडा अध्यक्षसमेत १२ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८२।०५।०१ गते।
------------------------------------------

जिल्ला मुगु, सोरु गाउँपालिकाको आ.व. २०७७/०७८ मा सोरु गाउँपालिका वडा नं. १ स्थित जवलधारा पी.सी.सी. सडक निर्माण योजनामा वास्तविक कामभन्दा बढी मूल्याङ्‍कन गरी रकम हिनामिना गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला मुगु, सोरु गाउँपालिकामा आर्थिक वर्ष २०७७/०७८ को मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सोरु गाउँपालिका वडा नं. १ स्थित जवलधारा पी.सी.सी. सडक निर्माण योजनाको लागि मुख्यमन्त्री रोजगार कार्यक्रमको अनुदान रकम रु.३६,४०,०००।- र योजना सम्झौताबमोजिम जनश्रमदान  रु.३,७३,४३९।४४ गरी उक्त सडक निर्माण योजनाको  कूल लागत अनुमान रु.४०,१३,४३९।४४ मा कार्य सम्पन्न गर्ने गरी उपभोक्ता समिति र गाउँपालिका बीच मिति २०७८।०२।१० मा सम्झौता भई कार्यदेश दिएकोमा उक्त सडक निर्माण गर्दा लागत अनुमान अनुसार कार्य नगरी वास्तविक भए गरेको कार्यभन्दा बढी कार्य भएको भनी गलत नापी किताब र कार्य सम्पन्न प्रतिवेदन तयार गरे गराएको, निर्मित संरचनाहरुमध्ये Earthwork in Excavation, Stone soling, Road site PCC (1:2:4) र Dry Stone Masonry आईटमको नापी किताबमा क्रमश: १७७.७९, १७७.७९, ८८.९०, ३२.५१ m3 उल्लेख भएकोमा प्राविधिक प्रतिवेदन  अनुसार स्थलगत रुपमा नापजाँच गर्दा क्रमश: १४५.२७, १४५.२७, ७२.६४ र २६.५६ m3 मात्र सम्पन्न भएको देखिएकोमा नापी किताब, कार्य सम्पन्न प्रतिवेदनमा उल्लेख भएको भन्दा क्रमश: ३२.५२, ३२.५२, १६.२६ र ५.९५ m3 बढी उल्लेख गरी आपसी मिलेमतोमा बढी काम भएको देखाई रु.७,०६,७९९।७५ बढी भुक्तानी दिने/लिने कार्य गरे/गराएको पुष्टि भएकोले देहायका प्रतिवादीहरु उपर देहायबमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। क्रमश...

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)


प्रवक्ता
राजेन्द्र कुमार पौडेल

आरोपत्र प्रेश बिज्ञप्ति आरोपत्र प्रेश बिज्ञप्ति
  

Other Press Release

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकूलपति प्रा.डा. संगिता सिंह भण्डारीसमेत १९ जना र हिमालयन मेडिटेक प्रा.लि. उपर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि CT Scan Machine खरिद गर्दा गुणस्तरहिन तथा शर्त तथा मापदण्ड विपरीतको आपूर्ति गरी गराई गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/29
जिल्ला बझाङ, बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेश बहादुर विष्ट, सुनकुडा माध्यमिक विद्यालयका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश बहादुर अधिकारीसमेत ५ जना उपर सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/28
जिल्ला चितवन, भरतपुर महानगरपालिकाका तत्कालीन बरिष्ठ इन्जिनियर (अधिकृत आठौं तह) भरत कुमार आचार्य उपर रू.६,७८,९१,०१५।९४ बिगो कायम गरी गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/27
ईलाका प्रशासन कार्यालय, लमही, दाङका तत्कालीन कार्यालय प्रमुख (शाखा अधिकृत) प्रेम बहादुर खवास, राजपुर गाउँपालिका, वडा नं. ४ का तत्कालीन वडा अध्यक्ष रामेश्वर यादव भन्ने रामेश्वर अहिरसमेत ६ जना उपर गलत लिखत तयार एवं सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/26
जिल्ला बारा, कलैया उपमहानगरपालिका वडा नं.३ का तत्कालीन वडा अध्यक्ष म.जलालुदिन मंसुरसमेत ४ जना उपर सार्वजनिक सम्पत्ति हानी एवं गलत लिखत तयार गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/25
मालपोत कार्यालय, बाँकेका तत्कालीन प्रमुख मालपोत अधिकृत ऋषिराम के.सी.समेत ९ जना उपर सार्वजनिक सम्पत्ति हानी एवं गलत लिखत तयार गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/22
जिल्ला महोत्तरी, बर्दिवास नगरपालिका वडा नं. ६ बस्ने जिवराज पोखरेल उपर गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/21