तत्कालीन जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी डा. गणेश प्रसाद भट्टराई, केशव प्रसाद दाहाल र ज्ञानमणि नेपाल, प्रधानाध्यापक, बिद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत १३ जना उपर गैरकानूनी लाभ वा हानी पुर्‍याउने वदनियतले कार्य गरेको एवं सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।



प्रेस विज्ञप्ति:- मिति २०८२।०५।१५ गते।
------------------------------------------

जिल्ला खोटाङ, हलेसी तुवाचुङ नगरपालिका वडा नं. ४ स्थित श्री लक्ष्मी माध्यमिक बिद्यालय, बडहरेको बिद्यालय भवन निर्माण गर्दा तत्कालीन बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेतको मिलेमतोमा DPC मात्र तयार गरी रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा आ.ब. २०७१।०७२ मा श्री लक्ष्मी माध्यमिक विद्यालय, बडहरे, खोटाङको ४ कोठे RCC भवन निर्माण कार्यको लागि जिल्ला शिक्षा कार्यालयले रु.२४,००,०००।- (चौबीस लाख रुपैयाँ) र बिद्यालयले व्यहोर्ने जनश्रमदान २५% समेत गरी रु.३०,००,०००।– को लागत इष्टिमेट तयार गरी भवन निर्माणको लागि जिल्ला शिक्षा कार्यालय खोटाङ र बिद्यालय बीच मिति २०७१।११।२२ मा सम्झौता भई भवन निर्माण कार्य गर्दा सम्झौताको शर्त विपरित रकम निकासा गरे गराएको एवं स्थलगत नापजाँच तथा प्राविधिक प्रतिवेदनबाट फिल्डमा जम्मा रु.२,७२,३२८।६१ बराबरको मात्र भवन निर्माणको काम भएको देखिएको भन्ने खुल्न आएबाट तत्कालीन जिल्ला शिक्षा कार्यालय, खोटाङ र श्री लक्ष्मी माध्यमिक विद्यालय, खोटाङ बीच भएको सम्झौतामा उल्लेख भएको शर्त र प्रावधान बिपरित नभए नगरेको कार्यको सम्बन्धमा भए गरेको भनी झुठ्ठा र गलत भौतिक कार्य प्रगति सम्बन्धी प्राविधिक मूल्याङ्कन गरी/गराई विद्यालयले भुक्तानीको लागि रकम माग गरी जिल्ला शिक्षा कार्यालयले समेत सो निर्माण कार्यको फिल्डको वास्तविक अवस्थालाई नजरअन्दाज गरी प्रचलित कानुन र सम्झौताको शर्त बिपरित हुँदै नभएको कामको लागि पटक/पटक गरी रु.२४,००,०००।-(चौबीस लाख रुपैयाँ) निकासा भएको र भुक्तानी समेत भए/गरेको देखिंदा भवन निर्माणको काम नै नभएको अवस्थामा समेत राष्ट्रसेवक तथा संलग्न अन्य व्यक्तिहरु समेतको आपसी मिलेमतोमा आफूहरुलाई लाभ र नेपाल सरकार/सार्वजनिक संस्थाको रुपमा रहेको विद्यालयलाई गैरकानूनी हानी पुर्‍याउने बदनियतले झुट्टा बिल भरपाई समेतका कागजात पेश गरी/गराई भुक्तानी दिएको/दिलाएको तथा कानून विपरित फरक प्रयोजनको लागि सम्बन्धित बजेट शिर्षकबाट खर्च नगरी अन्य शिर्षकमा खर्च गरी गराएको तथ्य स्थापित भएकोले उक्त कार्यमा संलग्न देहाय बमोजिमका प्रतिवादीहरु उपर देहाय बमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। क्रमश...

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला) 


प्रवक्ता
राजेन्द्र कुमार पौडेल

आरोपत्र प्रेश बिज्ञप्ति आरोपत्र प्रेश बिज्ञप्ति
  

Other Press Release

राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलक राम अधिकारीसमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी तथा सम्पत्ति शुद्धीकरण सम्बन्धी आरोपपत्र दायर।
2026/03/15
जिल्ला तनहुँ, देवघाट गाउँपालिकामा तत्कालीन सामाजिक परिचालक, सरसफाई सुपरीवेक्षक र उत्प्रेरक संयोजक पदमा कार्यरत होम बहादुर भारती उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/03/12
जिल्ला प्रहरी कार्यालय, सुनसरीस्थित सञ्चार शाखामा कार्यरत तत्कालीन प्रहरी सहायक निरीक्षक मुक्त नारायण श्रेष्ठउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/03/10
यातायात व्यवस्था कार्यालय, नेपालगञ्ज, बाँकेका तत्कालीन कार्यालय प्रमुख (उपसचिव) हाल आन्तरिक मामिला तथा कानून मन्त्रालय, लुम्बिनी प्रदेशका सचिव (सह-सचिव) लोक बहादुर सुनारसमेत ११ जना उपर सरकारी कागजात सच्याई परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/02/26
यातायात व्यवस्था कार्यालय, नेपालगञ्ज, बाँकेका तत्कालीन कार्यालय प्रमुख (उपसचिव) हाल आन्तरिक मामिला तथा कानुन मन्त्रालय, लुम्बिनी प्रदेशका सचिव (सह-सचिव) लोक बहादुर सुनारसमेत ३३ जना उपर घुस/रिसवत लिई दिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/02/26
यातायात व्यवस्था कार्यालय नेपालगंज बाँकेका तत्कालीन कार्यालय प्रमुख लोक बहादुर सुनार, उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, लुम्बिनी प्रदेशका तत्कालीन सचिव (सह-सचिव) उमेश ढुङ्गानासमेत ३२ जना उपर गलत लिखत एवं गलत प्रतिवेदन तयार तथा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/02/26