जिल्ला काठमाडौं, नापी कार्यालय कलंकी, ३ नं. नापी टोली, पुरानो नैकापमा कार्यरत कार्यालय सहयोगी एकेन्द्र बहादुर कुँवर उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८२।०५।२० गते।
------------------------------------------

जिल्ला काठमाडौं, चन्द्रागिरी नगरपालिका वडा नं. १३ मा रहेको जग्गा हालसाविक गरी नयाँ पूर्जा बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले नापी कार्यालय कलंकी, ३ नं. नापी टोली पुरानो नैकापमा कार्यालय सहयोगी (करार) पदमा कार्यरत एकेन्द्र बहादुर कुँवरलाई सेवाग्राहीबाट रु.१३,०००।– (तेह्र हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो।
अनुसन्धानको सिलसिलामा नापी कार्यालय कलंकी, ३ नं. नापी टोली, पुरानो नैकापमा कार्यरत कार्यालय सहयोगी (करार) एकेन्द्र बहादुर कुँवरले भूमिसुधार तथा मालपोत कार्यालय, कलंकी, काठमाडौंमा दर्ता श्रेस्ता कायम रहेको जिल्ला काठमाडौं, चन्द्रागिरी न.पा. वडा नं. १३ (साविक पुरानो नैकाप वडा नं.८ख) को जग्गा हालसाविक गरी/गराई जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराउन आवश्यक सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस/रिसवत बापत रु.१३,०००।– (तेह्र हजार रुपैंयाँ) माग गरी लिएको देखिएबाट निज एकेन्द्र बहादुर कुँवरलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसूरमा बिगो रु.१३,०००।– (तेह्र हजार रुपैंयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवानाको सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। 

 

प्रवक्ता
राजेन्द्र कुमार पौडेल

आरोपपत्र प्रेश बिज्ञप्ति आरोपपत्र प्रेश बिज्ञप्ति
  

Other Press Release

१.बडीकेदार गाउँपालिका, डोटीका तत्कालीन अध्यक्ष कृष्ण बहादुर चन्द, तत्कालीन उपाध्यक्ष इन्द्रा कुमारी बोहरासमेत ८ जना र भागरथी निर्माण सेवा, धनगढी, कैलाली उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी एवं गलत प्रतिवेदन दिई दिन लगाई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/16
२.बडीकेदार गाउँपालिका, डोटीका तत्कालीन अध्यक्ष कृष्ण बहादुर चन्द, तत्कालीन उपाध्यक्ष इन्द्रा कुमारी बोहरासमेत ७ जना र भागरथी निर्माण सेवा, धनगढी, कैलाली उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी, गलत प्रतिवेदन तथा सरकारी कागजात नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/16
जिल्ला सुर्खेत, भेरीगंगा नगरपालिकास्थित साजगोठेरी सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष लोक बहादुर महतारासमेत ३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/15
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सप्तरीका तत्कालीन कार्यालय प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा. प्रभात झासमेत ४ जना र राधा कृष्ण निर्माण सेवा, राजविराज, सप्तरी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/11