संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तत्कालीन मन्त्री तथा संघीय संसद, प्रतिनिधि सभा (हाल विघटित) सदस्य राज कुमार गुप्ता, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका पूर्वमन्त्री तथा संघीय संसद, प्रतिनिधि सभा(हाल विघटित) सदस्य रन्जिता श्रेष्ठसमेत ७ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८२।०६।२२ गते ।
----------------------------------------------------

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तत्कालीन मन्त्री राजकुमार गुप्ताले कास्की जिल्ला स्थित मालपोत कार्यालयका तत्कालिन प्रमुख रामचन्द्र अधिकारीलाई सरुवा थमौती गरिदिन्छु भनी घरजग्गा व्यवसायीसँग ५३ लाख रुपैयाँ लिएको र तीनै घरजग्गा व्यवसायीबाट मन्त्री गुप्ताले भूमि आयोगको सदस्य बनाउनका लागि २५ लाख रुपैयाँ घुस डिल गरेको अडियोसमेत रहेकोले निज मन्त्री गुप्तालाई तत्काल कारबाही हुन भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १६ (साविक बाटुलेचौर-१) मा रहेको दिप विर्ता (लिची बगैचा)मा रहेको भनिएको नक्सा नं. २५, २६ र २८ को जग्गाको सम्बन्धमा सम्मानित अदालतको फैसला बमोजिम दुर्गादेवी शाहको हकवालाहरु सुरज शाह ठकुरी समेतको नाममा दा.खा. तथा नामसारी गर्ने गराउने कार्यको लागि निज सुरज शाह ठकुरीले मालपोत कार्यालय कास्कीमा निवेदन दिएकोमा उक्त कार्यालयका प्रमुख मालपोत अधिकृत प्रतिवादी रामचन्द्र अधिकारीसमेतले अश्वाभाविक विलम्व गरे गराए पश्चात घर जग्गा व्यवसायी/बिचौलिया प्रतिवादी सुजन कुमार तामाङको सम्पर्कमा पुगेको देखिएको। निज प्रतिवादी सुजन कुमार तामाङले अन्य प्रतिवादीहरु याम कुमारी गुरुङ र तुल्सीराम बुढा मगरसँगको मिलेमतो तथा योजनामा उक्त नक्सा नं.२५,२६,२८ को जग्गाको दा.खा नामसारी गरे गराए वापत दुर्गादेवी शाहको हकवालाहरुको नाममा दर्ता हुन आएको एकमुष्ठ जग्गा मध्ये ४० प्रतिशत जग्गा आफुसमेतले लिने खाने गरी मिति २०८१।०२।२० गते करारनामा कागज गरे गराएको देखिएको। क्रमश...

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)

प्रवक्ता 
राजेन्द्र कुमार पौडेल

प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति
  

Other Press Release

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकूलपति प्रा.डा. संगिता सिंह भण्डारीसमेत १९ जना र हिमालयन मेडिटेक प्रा.लि. उपर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि CT Scan Machine खरिद गर्दा गुणस्तरहिन तथा शर्त तथा मापदण्ड विपरीतको आपूर्ति गरी गराई गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/29
जिल्ला बझाङ, बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेश बहादुर विष्ट, सुनकुडा माध्यमिक विद्यालयका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश बहादुर अधिकारीसमेत ५ जना उपर सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/28
जिल्ला चितवन, भरतपुर महानगरपालिकाका तत्कालीन बरिष्ठ इन्जिनियर (अधिकृत आठौं तह) भरत कुमार आचार्य उपर रू.६,७८,९१,०१५।९४ बिगो कायम गरी गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/27
ईलाका प्रशासन कार्यालय, लमही, दाङका तत्कालीन कार्यालय प्रमुख (शाखा अधिकृत) प्रेम बहादुर खवास, राजपुर गाउँपालिका, वडा नं. ४ का तत्कालीन वडा अध्यक्ष रामेश्वर यादव भन्ने रामेश्वर अहिरसमेत ६ जना उपर गलत लिखत तयार एवं सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/26
जिल्ला बारा, कलैया उपमहानगरपालिका वडा नं.३ का तत्कालीन वडा अध्यक्ष म.जलालुदिन मंसुरसमेत ४ जना उपर सार्वजनिक सम्पत्ति हानी एवं गलत लिखत तयार गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/25
मालपोत कार्यालय, बाँकेका तत्कालीन प्रमुख मालपोत अधिकृत ऋषिराम के.सी.समेत ९ जना उपर सार्वजनिक सम्पत्ति हानी एवं गलत लिखत तयार गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/22
जिल्ला महोत्तरी, बर्दिवास नगरपालिका वडा नं. ६ बस्ने जिवराज पोखरेल उपर गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/21