जिल्ला रौतहट, माधव नारायण नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रलब कायस्थ, लेखापाल रामबलम प्रसाद यादवसमेत ३ जना र कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८२।०६।२६ गते।
------------------------------------------
 
जिल्ला रौतहट, माधवनारायण नगरपालिकाले ठेक्का MNM/Works/2077/78” Construction of School Building, Madhav Narayan Municipality-03 Sakuwaba, Rautahat” को बोलपत्रको सूचना र आशयको सूचना प्रकाशनको विषय/सूचना प्रकाशन नै नगरी प्रकाशन गरेको देखार्इ भ्रष्टाचार गरेको भन्नेसमेत व्यहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा आ.व.२०७७/०७८ मा जिल्ला रौतहट माधव नारायण नगरपालिका वडा नं. ३ देवी माध्यमिक विद्यालय सखुअर्वामा भवन निर्माण कार्यको लागि ठेक्का नं. MNM/Works/2/077/078 बोलपत्र आह्वानको सूचना र बोलपत्र स्वीकृत गर्ने आशयको सूचना सार्वजनिक खरिद ऐन बमोजिम राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा सो नगरी माधव नारायण नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रलब कायस्थ, लेखापाल रामबलम प्रसाद यादव र रौतहट एडभटाइजिङ्ग एजेन्सी प्रा.लि.का सञ्‍चालक अजित कुमार कर्णसमेतको आपसी मिलोमतो तथा योजनामा आफूहरुलाई गैरकानूनी लाभ तथा माधव नारायण नगरपालिकालाई हानि पुर्‍याउने बदनियतले उक्त बोलपत्र आह्वानको सूचना र आशयको दुबै सूचना लुकाई छिपाई सूचना प्रकाशन नगरी नगराई माधव नारायण नगरपालिकाको ठेक्काको प्रयोजनार्थ अभिलेखमा राख्ने गरी सिटी पोष्ट राष्ट्रिय दैनिक पत्रिका जस्तो देखिने सिमित प्रति मात्र प्रकाशित उक्त मिति २०७७।१०।०८ गतेको बोलपत्र आह्वान र मिति २०७७।११।१३ गतेको बोलपत्र स्वीकृत गर्ने आशयको सूचना माधव नारायण नगरपालिकामा पेश गरेको देखिएकोमा उक्त सूचना प्रेस काउन्सिल नेपालको पत्रबाट मिति २०७७।१०।०८ गतेको बोलपत्र आह्वानको सूचना र मिति २०७७।११।१३ गतेको बोलपत्र स्वीकृत आशयको PDF अभिलेख नदेखिएको भनी प्राप्त भएबाट सोही झुट्टा विवरणसहितको पत्रिकाको आधारमा रौतहट एडभटाइजिङ्ग एजेन्सी प्रा.लि., गौर, रौतहटलाई सूचना विवरण लुकाउने कलुषित मनसाय साथ सार्वजनिक तवरमा वितरण प्रयोजनार्थ प्रकाशित नै नगरेको थप पृष्ठ उक्त सक्कली पत्रिका साथै राखी उक्त झुट्टा बिल भरपाई लगायतका कागजातहरुको आधारमा रू. २,५७,९७०।- (दुई लाख सन्ताउन्न हजार नौ सय सत्तरी रुपैयाँ मात्र) भुक्तानी दिएको पुष्टि भएको हुँदा उक्त कार्यमा संलग्न प्रतिवादीहरु उपर देहायबमोजिम सजायको मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। क्रमश...
 
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 
 
प्रवक्ता
राजेन्द्र कुमार पौडेल
 
 

प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति
  

Other Press Release

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकूलपति प्रा.डा. संगिता सिंह भण्डारीसमेत १९ जना र हिमालयन मेडिटेक प्रा.लि. उपर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि CT Scan Machine खरिद गर्दा गुणस्तरहिन तथा शर्त तथा मापदण्ड विपरीतको आपूर्ति गरी गराई गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/29
जिल्ला बझाङ, बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेश बहादुर विष्ट, सुनकुडा माध्यमिक विद्यालयका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश बहादुर अधिकारीसमेत ५ जना उपर सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/28
जिल्ला चितवन, भरतपुर महानगरपालिकाका तत्कालीन बरिष्ठ इन्जिनियर (अधिकृत आठौं तह) भरत कुमार आचार्य उपर रू.६,७८,९१,०१५।९४ बिगो कायम गरी गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/27
ईलाका प्रशासन कार्यालय, लमही, दाङका तत्कालीन कार्यालय प्रमुख (शाखा अधिकृत) प्रेम बहादुर खवास, राजपुर गाउँपालिका, वडा नं. ४ का तत्कालीन वडा अध्यक्ष रामेश्वर यादव भन्ने रामेश्वर अहिरसमेत ६ जना उपर गलत लिखत तयार एवं सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/26
जिल्ला बारा, कलैया उपमहानगरपालिका वडा नं.३ का तत्कालीन वडा अध्यक्ष म.जलालुदिन मंसुरसमेत ४ जना उपर सार्वजनिक सम्पत्ति हानी एवं गलत लिखत तयार गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/25
मालपोत कार्यालय, बाँकेका तत्कालीन प्रमुख मालपोत अधिकृत ऋषिराम के.सी.समेत ९ जना उपर सार्वजनिक सम्पत्ति हानी एवं गलत लिखत तयार गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/22
जिल्ला महोत्तरी, बर्दिवास नगरपालिका वडा नं. ६ बस्ने जिवराज पोखरेल उपर गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/21