जिल्ला जाजरकोट, भेरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्तीसमेत ७ जना र निर्माण सेवा कम्पनी उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८२।०६।२७ गते।
------------------------------------------

जिल्ला जाजरकोट, भेरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय, खलंगाले ठेक्का नं. BM/NCB/Works-०३-२०८०-०८१ “कारागार रानागाउँ नेटीबजार सडक”मा मिलेमतो गरी सबैभन्दा बढी अंक कबोल गर्ने थापा/सविन/सुदर्शन जे.भी.लाई छनौट गरी भ्रष्टाचार गरेको भन्नेसमेत व्यहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा आर्थिक वर्ष 20८०/0८१ को संघीय, प्रदेश र स्थानीय सरकारको समपूरक अनुदान अन्तर्गत स्वीकृत कारागार रानागाउँ नेटीबजार सडक निर्माणको लागि रु.२,८०,००,०००।- (दुई करोड असी लाख रुपैयाँ) विनियोजन भएकोमा नगर कार्यपालिकाले भ्याट, PS र कन्टिजेन्सी समेत रु.२,८०,४२,७४३।११ (दुई करोड असी लाख बयालीस हजार सात सय त्रिचालीस र एघार पैसा मात्र) रकम बराबरको लागत अनुमानमा कारागार रानागाउँ नेटीबजार सडक ठेक्का नं. BM/NCB/Works/0३/०८०/८१ मिति २०८०।०८।१० गते राष्ट्रियस्तरको पत्रिका प्रकाशित नगरी सार्वजनिक खरिद अनुगमन कार्यालयको पोर्टल www.bolptra.gov.np/eGP मा प्रकाशित गरी मिति २०८०।०९।३० गते ८ वटा परेका बोलपत्र खोलेको मुचुल्काबाट देखिएको। सार्वजनिक खरिद नियमावली २०६४ को नियम ५१ (१) मा बोलपत्र तयार गर्ने र खरिद सम्झौता गर्न आवश्यक सूचना प्राप्त बोलपत्र दाताले आफनै खर्चमा निर्माणस्थलको भ्रमण गराउन सक्ने व्यवस्था विपरित आफूहरुलाई लाभ र नेपाल सरकार/प्रदेश सरकार/भेरी नगरपालिका/सार्वजनिक संस्थालाई हानि पुर्‍याउने बदनियतले आफ्नो जिम्मामा रहेको सम्पत्ति हिनामिना, हानिनोक्सानी तथा दुरूपयोग गराउने बदनियतले कानूनी व्यवस्था विपरीत निर्माणस्थल भ्रमणलाई अनिवार्य शर्तको रुपमा राखेको देखिएको। लक्षित बोलपत्रदाता बाहेकका अन्य सार्वजनिक खरिद प्रक्रियामा सहभागी हुन चाहनेलार्इ जानीबुझी बाहेक गर्ने र आफूसमेतले गैरकानूनी लाभ प्राप्तिको लागि खरिद इकाई प्रमुख इन्जिनियर मोहन मल्लसमेतको मिलेमतोमा बाध्यात्मक रुपमा निर्माणस्थल भ्रमण गर्नुपर्ने शर्त बन्देज राखी राख्न लगार्इ सोही अनुरुप खरिद प्रक्रियाको काम कारवाहीमा बोलपत्रहरुको मूल्याङ्कन अगाडि बढार्इ सार्वजनिक खरिद कार्यमा बढी भन्दा बढी फर्म वा कम्पनीलार्इ सहभागी हुने वातावरण तयार हुनबाट बञ्चित गरे गराएको देखिएको। मूल्याङकन समितिले Bid Document को Mandotary Document मा उल्लेख नभएको साथै Bid Document को Section III: Evalution and Qualifcation Criteria मा समावेश नभएको विषयमा Site Visit Certification नभएको भनी मूल्याङ्कन समितिबाट ६ वटा बोलपत्रदाताहरुलाई प्राविधिक प्रस्तावबाट Disqualified गरी गराएको, साथै Bidding Document मा उल्लेख भएको Evaluation Criteria को Average Annual Construction Turnover अनुसार Each Partner: not less than 25% र One Partner: not less than 40% उल्लेख गरेकोमा मूल्याकंनको क्रममा १ वटा बोलपत्रदाता (जे.भी.) को does not have AACT of 70% as per JV Agreement भनी उक्त बोलपत्रदातालाई प्राविधिक मूल्याङ्‍कनमा अनुत्तीर्ण गरे गराइएको देखिएको। सार्वजनिक खरिदमा बढी प्रतिस्पर्धा गरार्इ कम लागतमा गुणस्तरीय वस्तु वा सेवा खरिद गर्नुपर्ने कानूनको उद्देश्य विपरीत लक्षित बोलपत्रदातालार्इ मात्र प्रवेश गर्न पाउने र कम लागतमा सार्वजनिक निर्माणको काम गर्न इच्छुक अन्य प्रतिस्पर्धी बोलपत्रदातालार्इ प्रतिस्पर्धालार्इ निषेध गरी नियोजित तवरबाट लक्षित बोलपत्रदातालार्इ निर्माण ठेक्का सुम्पेको प्रष्टै देखिन्छ।(फलो चार्ट यसै साथ संलग्न छ) 
यसैगरी सार्वजनिक खरिद ऐन, २०६३ को दफा १४ बोलपत्र आह्वानको उपदफा (१) मा बोलपत्र वा पूर्वयोग्यता निर्धारणको प्रस्ताव आह्वानको सूचना राष्ट्रियस्तरको दैनिक समाचारपत्रमा प्रकाशन गर्ने व्यवस्था रहे पनि सो अनुरुप नगरी मिति २०८०।०८।१० गते वोलपत्र आव्हान EGP पोर्टलमा मात्र प्रकाशित गरी प्रतिस्पर्धालाई संकुचन गर्ने कार्य गरे गराएको र सार्वजनिक खरिद अनुगमन कार्यालयको ठेक्का प्रकृयामा सहभागी भएको ८ वटा बोलपत्र दाताको आर्थिक प्रस्ताव उनीहरुकै उपस्थितिमा खोली हेर्दा प्राविधिक प्रस्तावमा सफल एक बोलपत्रदाताको अंकमा न्यून कबोल गर्ने बोलपत्रदाताको कबोल अंक रु.८१,५३,६३०।५१ (एकासी लाख त्रिपन्न हजार छ सय तीस रुपैया एकाउन्न पैसा) रकम अन्तर गरी गराई नेपाल सरकार/प्रदेश सरकार/भेरी नगरपालिका/सार्वजनिक संस्थालाई गैरकानूनी हानिनोक्सानी पुर्‍याउने र आफू समेतलार्इ गैरकानूनी लाभ प्राप्ति गर्ने बदनियतले कार्य गरेकोले उक्त कार्यमा संलग्न देहायका प्रतिवादीहरुउपर देहाय बमोजिमको सजायको मागदाबी लिई मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। क्रमश...

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)

प्रवक्ता
राजेन्द्र कुमार पौडेल

प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति
  

Other Press Release

जिल्ला झापा, श्री दीपिनी आधारभूत विद्यालयमा कार्यरत शिक्षक देवी निरौलाउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2025/11/12
जिल्ला डोल्पा, त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल प्रसाद पोखरेलसमेत ८ जना र दिव्या निर्माण सेवा प्रा.लि. उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको कसुरमा आरोपपत्र दायर।
2025/11/10
आन्तरिक राजस्व कार्यालय धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेत २ जना र निर्माण सेवा प्रा.लि. उपर गलत लिखत तयार गरी गराई सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको कसुरमा आरोपपत्र दायर।
2025/11/06
कृषि विकास निर्देशनालय नक्टाझिज, धनुषाका कार्यालय प्रमुख रत्न कुमार झा, वडा नं. २ का वडा अध्यक्ष जगदिश मंडलसमेत ८ जना र कन्सल्टेन्ट प्रा.लि. उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको कसुरमा आरोपपत्र दायर।
2025/11/04
डिभिजन वन कार्यालय, इलाममा डिभिजनल वन अधिकृत पदमा कार्यरत रही हाल डिभिजन वन कार्यालय, भोजपुरमा कार्यरत (अधिकृत दशौ तह) दान बहादुर श्रेष्ठ उपर बिगो रु.१,४३,१८,९३७।५२ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको कसुरमा आरोपपत्र दायर।
2025/11/03
जिल्ला दाङ, गढवा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लाल बहादुर योगीसमेत २ जना र कन्सट्रक्सन कम्पनी प्रा.लि. उपर नदीजन्य पदार्थ उत्खननमा सम्झौता विपरित बढी संकलन तथा उत्खनन् भएको परिमाणको राजस्व रकम असूल उपर गर्नुपर्नेमा सो नगरी राजस्व रकम हिनामिना गरेकोले भ्रष्टाचार गरेको कसुरमा आरोपपत्र दायर।
2025/11/02
जिल्ला दैलेख, डुङ्गेश्वर गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालयमा कार्यरत वरिष्ठ लेखा अधिकृत टंक बहादुर कार्की उपर सडक स्तरोन्नती योजनाको अन्तिम बिल भुक्तानी गर्ने क्रममा घुस/रिसवत लिई भ्रष्टाचार गरेको कसुरमा आरोपपत्र दायर।
2025/10/30
जिल्ला डडेल्धुरा, आलिताल गाँउपालिका वडा नं. ३ स्थित कैलाश समैजेश्वर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सर्वजित मडै उपर उपभोक्ता समितिको चेकमा किर्ते हस्ताक्षरसमेत गरी कोषको रकम हिनामिना गरी भ्रष्टाचार गरेको कसुरमा आरोपपत्र दायर।
2025/10/29
जिल्ला स्याङ्जा, शिशुकल्याण माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष राम थापा, तत्कालीन प्रधानाध्यापक रविलाल लुईटेलसमेत ३ जना उपर बिद्यालयको लागि कम्प्युटर, प्रिन्टर र प्रोजेक्टर खरिदमा नक्कली दाखिला प्रतिवेदन तयार गरे गराएको एवं बिद्यालय कोषको रकमसमेत हिनामिना गरी भ्रष्टाचार गरेको कसुरमा आरोपपत्र दायर।
2025/10/26
स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा. संगीता कौशल मिश्रासमेत १४ जना उपर स्वास्थ्य सेवा विभागको Mammography Machine खरिद को क्रममा लागत अनुमान तयार गर्दा देखिनै मिलेमतो गरी ठेकेदार कम्पनीलाई सम्झौताको शर्त बमोजिमको सम्पूर्ण सामाग्री प्राप्त नै नभएको अवस्थामा बदनियत राखी सम्पूर्ण सामाग्री आएको भनी गलत Post Shipment Inspection(PDI) Report, गलत दाखिला प्रतिवेदन, झुट्टा बिल बिजक लगायत तयार गरी गराई भुक्तानी दिई लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/10/19