स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा. संगीता कौशल मिश्रासमेत १४ जना उपर स्वास्थ्य सेवा विभागको Mammography Machine खरिद को क्रममा लागत अनुमान तयार गर्दा देखिनै मिलेमतो गरी ठेकेदार कम्पनीलाई सम्झौताको शर्त बमोजिमको सम्पूर्ण सामाग्री प्राप्त नै नभएको अवस्थामा बदनियत राखी सम्पूर्ण सामाग्री आएको भनी गलत Post Shipment Inspection(PDI) Report, गलत दाखिला प्रतिवेदन, झुट्टा बिल बिजक लगायत तयार गरी गराई भुक्तानी दिई लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८२।०७।०२ गते।
------------------------------------------
स्वास्थ्य सेवा विभागले आ.व. २०८०।०८१ मा खरिद गरेको म्यामोग्राफी मेसिनको खरिद प्रकृयामा अनियमितता गरी भ्रष्टाचार गरेको भन्नेसमेत व्यहोराको उजुरीका सम्वन्धमा अनुसन्धान हुँदा स्वास्थ्य सेवा विभागको ठेक्का नं. RFB No. DOHS/G/NCB-18/IDA/2080-81, Procurement Of Mammography Machine को खरिद प्रक्रियामा सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४. लगायतका प्रचलित कानूनको प्रतिकुल हुने गरी उक्त खरिद कार्यको लागि Mammography Machine, Accessories, Training लगायतका १२ बुदाँ उल्लेख गरी Technical Specification तयार गरेकोमा उक्त Technical Specification राष्ट्रसेवक प्रतिवादीहरुले अधिकार प्राप्त अधिकारीवाट स्वीकृत नै नगरी नगराई बदनियत राखि लागत अनुमान तयार गर्न गराउन भनी ठेक्का प्राप्त गरेका कम्पनीका संचालक सुन्दर भुसाल संस्थापक संचालक भएको म्याक्सिम इन्कर्पोरेशन ट्रेडर्स प्रा.लि., शुभ बायो मेडिकल कन्सर्न प्रा.लि. र भाइव बायोमेडिकल कन्सर्न प्रा.लि.समेत सँग दररेट माग गरे गराएकोमा उक्त कम्पनीहरुले प्राविधिक स्पेसिफिकेशन बमोजिमको Mammography Machine, Accessories, Training लगायतका १२ वटा बुदाँमा शीर्षकगत Break Down किटान भए बमोजिम शीर्षकगत छुट्टाछुट्टै दररेट पेश नगरी नगराई बदनियत राखि एकमुष्ट दररेट उक्त कम्पनीहरुवाट प्राप्त गरी गराई शुभ बायो मेडिकल कन्सर्न प्रा.ली ले पेश गराएको एकमुष्ट मूल्यको दररेटलाई आधार मानी लागत अनुमान तयार गरे गराएको देखिएवाट उक्त ठेक्काको लागत अनुमान तयार गर्ने चरण देखि नै प्रतिवादीहरुको मिलेमतो रहे भएको पुष्टि भएको देखिएको। क्रमश...

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)

प्रवक्ता
राजेन्द्र कुमार पौडेल

प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति
  

Other Press Release

पुरातत्व विभागका तत्कालीन इन्जिनियर/सि.डि.ई. पूर्ण बहादुर श्रेष्ठसमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) सम्बन्धी आरोपपत्र दायर।
2026/04/21
जिल्ला काभ्रे, बनेपा नगरपालिका वडा नं. ३ वतन भएका हिमाल तराई कन्सट्रक्सन प्रा.लि.का प्रोप्राइटर राजमान तामाङ्ग उपर घुस/रिसवत मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/04/20
काठमाडौं उपत्यका विकास प्राधिकरण अनामनगर, काठमाडौंका तत्कालीन विकास आयुक्त डा. भाइकाजी तिवारी र तत्कालीन शाखा अधिकृत (करार) याम कुमार कार्की उपर गलत लिखत तयार गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/04/17
काठमाडौं उपत्यका विकास प्राधिकरण अनामनगर, काठमाडौंका तत्कालीन विकास आयुक्त भाइ काजी तिवारी उपर बिगो रू.१०,५४,९५,८७१/३९ कायम गरी गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/04/16
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, लुम्बिनी प्रदेशका तत्कालीन सचिव बैकुण्ठ अधिकारीसमेत १८ जना र Mega Minds Architects and Structure Pvt. Ltd. उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/04/15
जिल्ला दैलेख, गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दिपक कुमार आचार्यसमेत २ जना र आर.के. कन्स्ट्रक्सन, सुर्खेत उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/04/13