जिल्ला स्याङ्जा, शिशुकल्याण माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष राम थापा, तत्कालीन प्रधानाध्यापक रविलाल लुईटेलसमेत ३ जना उपर बिद्यालयको लागि कम्प्युटर, प्रिन्टर र प्रोजेक्टर खरिदमा नक्कली दाखिला प्रतिवेदन तयार गरे गराएको एवं बिद्यालय कोषको रकमसमेत हिनामिना गरी भ्रष्टाचार गरेको कसुरमा आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८२।०७।०९ गते।
------------------------------------------

जिल्ला स्याङजा, गल्याङ नगरपालिका वडा नं. ४ स्थित शिशु कल्याण मा.बि.का तत्कालीन प्रधानाध्यापकले आर्थिक हिनामिना गरी भ्रष्टाचार गरेको भन्ने समेत व्यहोराको प्राप्त उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा शिशुकल्याण माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक रबिलाल लुईटेल, लेखापाल छविलाल गाहा र बिद्यालय ब्यबस्थापन समितिका तत्कालीन अध्यक्ष राम थापा समेतले आपसी मिलेमतो गरी शिशु कल्याण माध्यमिक विद्यालयको आ.व. ०७८।०७९ मा विद्यालयलाई ICT कार्यक्रम अन्तर्गत प्राप्त भएको रु.६,५०,०००।-(छ लाख पचाँस हजार) रकम बाट मिति २०७९।०३।२३ मा डेक्सटप कम्प्युटर थान ७ (सात), प्रोजेक्टर थान १(एक), ल्यापटप थान १(एक) प्रिन्टर थान 1(एक) लाई रु.६,७४,०४५।-(छ लाख चौहत्तर हजार पैतालीस रुपैयाँ) मा खरिद गरी सो सामानहरु मध्ये २ थान कम्युटर र १।१ थान प्रिन्टर प्रोजेक्टर विद्यालयमा नलगी विद्यालयमा लगेको भनी नक्कली दाखिला प्रतिवेदन तयार गरी गराई उल्लेखित थान २(दुई) कम्प्युटर प्रति थान रु.६१,५००।-(एकसठ्ठी हजार पाँच सय) को दरले रु.१,२३,०००।-(एक लाख तेइस हजार), प्रोजेक्टरको रु.५८,०००।-(अन्ठाउन्न हजार) र प्रिन्टरको रु.३६,०००।-(छत्तिस हजार) गरी जम्मा रु.२,१७,०००।-(दुई लाख सत्र हजार) बराबरको विद्यालयको रकम हिनामिना गरेको देखिएको, यसैगरी प्रतिवादीहरुले एक आपसमा मिलेमतो गरी विद्यालय कोषबाट आफूखुसी रुपमा विद्यालय ब्यवस्थापन समितिको निर्णय वेगर प्रधानाध्यापक सापटी स्वरुप रु.२,५४,६६७।२६(दुई लाख चौवन्न हजार छ सय सतसठ्ठी रुपैयाँ छब्बीस पैसा) बराबरको रकम प्रधानाध्यापकको नाममा चेक काटी विद्यालयको कोषबाट निकाली विद्यालयमा फिर्ता नगरी कुल जम्मा रु.४,७१,६६७।२६ (चार लाख एकहत्तर हजार छ सय सतसठ्ठी रुपैयाँ छब्बीस पैसा) बराबरको रकम हिनामिना तथा हानिनोक्सानी गरेको गल्याङ नगरपालिकाबाट भएको स्थलगत प्रतिवेदन र आयोगबाट भएको स्थलगत अनुगमनबाट समेत देखिएकोले उक्त भ्रष्टाचारजन्य कसूरमा संलग्न देहायका प्रतिवादीहरु उपर देहाय बमोजिमको सजायको मागदाबी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। क्रमश...

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)


प्रवक्ता
राजेन्द्र कुमार पौडेल

प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति
  

Other Press Release

१.बडीकेदार गाउँपालिका, डोटीका तत्कालीन अध्यक्ष कृष्ण बहादुर चन्द, तत्कालीन उपाध्यक्ष इन्द्रा कुमारी बोहरासमेत ८ जना र भागरथी निर्माण सेवा, धनगढी, कैलाली उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी एवं गलत प्रतिवेदन दिई दिन लगाई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/16
२.बडीकेदार गाउँपालिका, डोटीका तत्कालीन अध्यक्ष कृष्ण बहादुर चन्द, तत्कालीन उपाध्यक्ष इन्द्रा कुमारी बोहरासमेत ७ जना र भागरथी निर्माण सेवा, धनगढी, कैलाली उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी, गलत प्रतिवेदन तथा सरकारी कागजात नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/16
जिल्ला सुर्खेत, भेरीगंगा नगरपालिकास्थित साजगोठेरी सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष लोक बहादुर महतारासमेत ३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/15
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सप्तरीका तत्कालीन कार्यालय प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा. प्रभात झासमेत ४ जना र राधा कृष्ण निर्माण सेवा, राजविराज, सप्तरी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/11