जिल्ला डडेल्धुरा, आलिताल गाँउपालिका वडा नं. ३ स्थित कैलाश समैजेश्वर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सर्वजित मडै उपर उपभोक्ता समितिको चेकमा किर्ते हस्ताक्षरसमेत गरी कोषको रकम हिनामिना गरी भ्रष्टाचार गरेको कसुरमा आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८२।०७।१२ गते।
------------------------------------------

जिल्ला डडेल्धुरा, आलिताल गाँउपालिका वडा नं. ३ स्थित कैलाश समैजेश्वर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष समेतको मिलेमतोमा किर्ते गरी सामुदायिक वनको कोषमा रहेको रकम हिनामिना गरेको भन्नेसमेत व्यहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला डडेल्धुरा, आलिताल गाउँपालिका वडा नं. ३ स्थित कैलाश समैजेश्वर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सर्वजित मडैले कैलाश समैजेश्वर सामुदायिक वनको रकम हिनामिना, हानिनोक्सानी र दुरूपयोग गर्ने बदनियत राखी मिति २०७८।०८।१० गतेको कैलाश समैजेश्वर सामुदायिक वन उपभोक्ता समितिको माईन्युटिङ्गको प्रतिलिपि नक्कली तयार गरी समूहका सचिव र कोषाध्यक्षको जानकारी विना चेकमा किर्ते हस्ताक्षर गरी उक्त चेकको प्रयोग गरी रकम आफ्नै नाममा मिति २०७८।०८।१६ गतेदेखि मिति २०७९।०१।२५ गतेसम्म बिभिन्न मितिमा सात वटा चेकबाट जम्मा रू.२०,१५,०००।- रकम लिएकोमा उक्त रकम लिएको समितिले थाहा पाएपछि मिति २०७९।०२।३० गते रू.२,००,०००।–(दुई लाख रुपैंया मात्र) कोषको खातामा जम्मा गरेको देखिएको भने बाँकी रकम रू.१८,१५,०००।–(अठार लाख पन्ध्र हजार रुपैंया मात्र) हिनामिना गरेको देखिंदा निजले उक्त समितिको डडेल्धुरास्थित राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाताबाट रकम निकाल्नुपर्नेमा सो नगरी अत्तरिया, धनगढी, चौमाला र महेन्द्रनगर शाखाबाट रकम निकालेको देखिएको, डिभिजन बन कार्यालय, डडेल्धुराको पत्रसाथ प्राप्त कैलाश समैजेश्चर सामुदायिक उपभोक्ता समितिले गरेको मिति २०७८।०८।१० को निर्णय र राष्ट्रिय बाणिज्य बैंक लि. डडेलधुरा शाखाको पत्रसाथ प्राप्त कैलाश समैजेश्चर सामुदायिक उपभोक्ता समितिले गरेको मिति २०७८।०८।१० को निर्णय फरक फरक रहेको देखिएकोले प्रतिबादीले उक्त निर्णय किर्ते गरी रकम निकालेको आयोगबाट खटिएको टोलीले गरेको स्थलगत मुचुल्का र डिभिजन वन कार्यालय, डडेल्धुराबाट प्राप्त स्थलगत प्रतिवेदन एवं फरेन्सिक परीक्षण प्रतिवेदनबाट किर्ते सहिछाप गरेको समेत देखिंदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूर भएको हुँदा निज प्रतिवादी सर्वजित मडैलाई ऐ. ऐनको दफा १७ ले निर्देश गरे बमोजिम बिगो रू.१८,१५,०००।-(अठार लाख पन्ध्र हजार रुपैंया मात्र) कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (च) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को पहिलो संशोधन सहितको दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम बिगो बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगो बमोजिम जरिवाना गरी निज प्रतिवादीबाट हिनामिना, हानिनोक्सानी एंव दुरूपयोग गरेको बिगोसमेत सोही ऐनको दफा १७ बमोजिम असूल उपर हुन मागदाबी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 

प्रवक्ता
राजेन्द्र कुमार पौडेल

प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति
  

Other Press Release

पुरातत्व विभागका तत्कालीन इन्जिनियर/सि.डि.ई. पूर्ण बहादुर श्रेष्ठसमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) सम्बन्धी आरोपपत्र दायर।
2026/04/21
जिल्ला काभ्रे, बनेपा नगरपालिका वडा नं. ३ वतन भएका हिमाल तराई कन्सट्रक्सन प्रा.लि.का प्रोप्राइटर राजमान तामाङ्ग उपर घुस/रिसवत मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/04/20
काठमाडौं उपत्यका विकास प्राधिकरण अनामनगर, काठमाडौंका तत्कालीन विकास आयुक्त डा. भाइकाजी तिवारी र तत्कालीन शाखा अधिकृत (करार) याम कुमार कार्की उपर गलत लिखत तयार गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/04/17
काठमाडौं उपत्यका विकास प्राधिकरण अनामनगर, काठमाडौंका तत्कालीन विकास आयुक्त भाइ काजी तिवारी उपर बिगो रू.१०,५४,९५,८७१/३९ कायम गरी गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/04/16
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, लुम्बिनी प्रदेशका तत्कालीन सचिव बैकुण्ठ अधिकारीसमेत १८ जना र Mega Minds Architects and Structure Pvt. Ltd. उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/04/15
जिल्ला दैलेख, गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दिपक कुमार आचार्यसमेत २ जना र आर.के. कन्स्ट्रक्सन, सुर्खेत उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/04/13