जिल्ला सिरहा, कल्याणपुर नगरपालिका वडा नं. ६ बस्ने जसोधा कुमारी उपर घुस/रिसवत मुद्दामा प्रतिकूल बकपत्र गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८२।०८।२६ गते।
------------------------------------------

जिल्ला सिरहा, कल्याणपुर नगरपालिका वडा नं ६ स्थित संजिब साहको घरदेखि ब्रम्हदेब सिंहको घरसम्मको पक्की नाला निर्माण कार्यको निर्माण सम्पन्न पश्चात भुक्तानी दिने प्रयोजनार्थ घुस/रिसवत रु.१,००,०००।–(एक लाख रुपैयाँ) कल्याणपुर नगरपालिकाका नगर प्रमुख राम पुकार साह तेलीले लिई भ्रष्टाचार गरेको (मुद्दा नं. ०८२-CR-०००५) मुद्दामा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम बिशेष अदालतमा सरकारी साक्षीको रुपमा पेश गरिएका जसोधा कुमारीले आयोगका अनुसन्धान अधिकृत समक्ष गरेको बयानसमेतको प्रतिकूल हुने गरी बकपत्र गरेको भन्नेसमेत व्यहोराको प्राप्त उजुरी प्रतिवेदनका सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला सिरहा, कल्याणपुर नगरपालिका वडा नं. ६ बस्ने जसोधा कुमारीलाई वादी नेपाल सरकार प्रतिवादी राम पुकार साह तेली भएको घुस रिसवत लिई भ्रष्टाचार गरेको मुद्दा नं. ०८२-CR-०००५ मा सरकारी साक्षीको रुपमा पेश गरिएकोमा निज जसोधा कुमारीले सम्मानित विशेष अदालत, काठमाडौं समक्ष मिति २०८२/०७/०५ गते बकपत्र गर्दा आयोगमा अनुसन्धानको क्रममा गरेको वयान व्यहोराको प्रतिकूल हुने गरी बकपत्र गरेकोले प्रतिवादी जसोधा कुमारीले कल्याणपुर नगरपालिका, सिरहाका नगर प्रमुख राम पुकार साह तेलीलाई निर्माण सम्पन्न पश्चात भुक्तानी दिने प्रयोजनार्थ रकम रु.१,००,०००।- घुस/रिसवत दिएको देखिएबाट घुस/रिसवत दिएको कार्य कसूर (Actus Reus) पुष्टि भएको र उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिमको कसूर भएको हुँदा विगो रु.१,००,०००।- (एक लाख) कायम गरी प्रतिवादी जसोधा कुमारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।


सहायक प्रवक्ता
गणेश बहादुर अधिकारी

प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति
  

Other Press Release

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकूलपति प्रा.डा. संगिता सिंह भण्डारीसमेत १९ जना र हिमालयन मेडिटेक प्रा.लि. उपर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि CT Scan Machine खरिद गर्दा गुणस्तरहिन तथा शर्त तथा मापदण्ड विपरीतको आपूर्ति गरी गराई गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/29
जिल्ला बझाङ, बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेश बहादुर विष्ट, सुनकुडा माध्यमिक विद्यालयका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश बहादुर अधिकारीसमेत ५ जना उपर सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/28
जिल्ला चितवन, भरतपुर महानगरपालिकाका तत्कालीन बरिष्ठ इन्जिनियर (अधिकृत आठौं तह) भरत कुमार आचार्य उपर रू.६,७८,९१,०१५।९४ बिगो कायम गरी गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/27
ईलाका प्रशासन कार्यालय, लमही, दाङका तत्कालीन कार्यालय प्रमुख (शाखा अधिकृत) प्रेम बहादुर खवास, राजपुर गाउँपालिका, वडा नं. ४ का तत्कालीन वडा अध्यक्ष रामेश्वर यादव भन्ने रामेश्वर अहिरसमेत ६ जना उपर गलत लिखत तयार एवं सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/26
जिल्ला बारा, कलैया उपमहानगरपालिका वडा नं.३ का तत्कालीन वडा अध्यक्ष म.जलालुदिन मंसुरसमेत ४ जना उपर सार्वजनिक सम्पत्ति हानी एवं गलत लिखत तयार गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/25
मालपोत कार्यालय, बाँकेका तत्कालीन प्रमुख मालपोत अधिकृत ऋषिराम के.सी.समेत ९ जना उपर सार्वजनिक सम्पत्ति हानी एवं गलत लिखत तयार गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/22
जिल्ला महोत्तरी, बर्दिवास नगरपालिका वडा नं. ६ बस्ने जिवराज पोखरेल उपर गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/21