जिल्ला सिरहा, कल्याणपुर नगरपालिका वडा नं. ६ बस्ने जसोधा कुमारी उपर घुस/रिसवत मुद्दामा प्रतिकूल बकपत्र गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८२।०८।२६ गते।
------------------------------------------

जिल्ला सिरहा, कल्याणपुर नगरपालिका वडा नं ६ स्थित संजिब साहको घरदेखि ब्रम्हदेब सिंहको घरसम्मको पक्की नाला निर्माण कार्यको निर्माण सम्पन्न पश्चात भुक्तानी दिने प्रयोजनार्थ घुस/रिसवत रु.१,००,०००।–(एक लाख रुपैयाँ) कल्याणपुर नगरपालिकाका नगर प्रमुख राम पुकार साह तेलीले लिई भ्रष्टाचार गरेको (मुद्दा नं. ०८२-CR-०००५) मुद्दामा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम बिशेष अदालतमा सरकारी साक्षीको रुपमा पेश गरिएका जसोधा कुमारीले आयोगका अनुसन्धान अधिकृत समक्ष गरेको बयानसमेतको प्रतिकूल हुने गरी बकपत्र गरेको भन्नेसमेत व्यहोराको प्राप्त उजुरी प्रतिवेदनका सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला सिरहा, कल्याणपुर नगरपालिका वडा नं. ६ बस्ने जसोधा कुमारीलाई वादी नेपाल सरकार प्रतिवादी राम पुकार साह तेली भएको घुस रिसवत लिई भ्रष्टाचार गरेको मुद्दा नं. ०८२-CR-०००५ मा सरकारी साक्षीको रुपमा पेश गरिएकोमा निज जसोधा कुमारीले सम्मानित विशेष अदालत, काठमाडौं समक्ष मिति २०८२/०७/०५ गते बकपत्र गर्दा आयोगमा अनुसन्धानको क्रममा गरेको वयान व्यहोराको प्रतिकूल हुने गरी बकपत्र गरेकोले प्रतिवादी जसोधा कुमारीले कल्याणपुर नगरपालिका, सिरहाका नगर प्रमुख राम पुकार साह तेलीलाई निर्माण सम्पन्न पश्चात भुक्तानी दिने प्रयोजनार्थ रकम रु.१,००,०००।- घुस/रिसवत दिएको देखिएबाट घुस/रिसवत दिएको कार्य कसूर (Actus Reus) पुष्टि भएको र उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिमको कसूर भएको हुँदा विगो रु.१,००,०००।- (एक लाख) कायम गरी प्रतिवादी जसोधा कुमारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।


सहायक प्रवक्ता
गणेश बहादुर अधिकारी

प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति
  

Other Press Release

१.बडीकेदार गाउँपालिका, डोटीका तत्कालीन अध्यक्ष कृष्ण बहादुर चन्द, तत्कालीन उपाध्यक्ष इन्द्रा कुमारी बोहरासमेत ८ जना र भागरथी निर्माण सेवा, धनगढी, कैलाली उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी एवं गलत प्रतिवेदन दिई दिन लगाई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/16
२.बडीकेदार गाउँपालिका, डोटीका तत्कालीन अध्यक्ष कृष्ण बहादुर चन्द, तत्कालीन उपाध्यक्ष इन्द्रा कुमारी बोहरासमेत ७ जना र भागरथी निर्माण सेवा, धनगढी, कैलाली उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी, गलत प्रतिवेदन तथा सरकारी कागजात नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/16
जिल्ला सुर्खेत, भेरीगंगा नगरपालिकास्थित साजगोठेरी सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष लोक बहादुर महतारासमेत ३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/15
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सप्तरीका तत्कालीन कार्यालय प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा. प्रभात झासमेत ४ जना र राधा कृष्ण निर्माण सेवा, राजविराज, सप्तरी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/11