नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा कार्यरत प्रहरी बरिष्ठ उपरीक्षक लालबाबु गिरी उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८२।०९।०८ गते।
------------------------------------------

सुरक्षा निकायका उच्च पदस्थ कर्मचारीहरुले सेवा प्रवेश र बढुवाका लागि नक्‍कली शैक्षिक प्रमाणपत्र पेस गरेकोले छानविन गरिपाउँ भन्नेसमेत व्यहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा कार्यरत प्रहरी बरिष्ठ उपरीक्षक लालबाबु गिरीले सन् १९८८ मा BIHAR SCHOOL EXAMINATION BORD, PATNA, INDIA बाट Secondary School Examination-S.L.C. (India) को शैक्षिक योग्यता (मार्क सिट Roll Code 5501/Roll No718) हाँसिल गरेको, उक्त शैक्षिक प्रमाणपत्र सम्बन्धमा बिहार विद्यालय परीक्षा समिति, पटनाबाट अभिलेखमा अन्तिम क्रमाङ्क ५७६ सम्म मात्र छापिएको छ भन्ने व्यहोरा उल्लेख भई आएकोले उक्त BIHAR SCHOOL EXAMINATION BORD, PATNA, INDIA, Secondary School Examination-S.L.C.(India) (Roll Code 5501/Roll No718)को शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पुष्टि भएको तथा सोही शैक्षिक योग्यताको प्रयोग गरी मिति २०५० सालमा त्रिभुवन विश्वविद्यालयबाट P.C.L. in Nursing तथा मिति २०६३ सालमा पूर्वाञ्चल विश्वविद्यालयबाट Post Basic Bachelor in Nursing को योग्यतासमेत प्राप्त गरेको र उक्त शैक्षिक योग्यताको प्रमाणपत्रहरु पेस गरी मिति २०५२/०९/१६ मा नेपाल प्रहरीको प्रहरी नायव निरीक्षक (प्राविधिक) पदमा शुरु नियुक्ती लिई तिनै झुट्टा नक्कली शैक्षिक योग्यताका प्रमाणपत्र पेस गरी हालको प्रहरी बरिष्ठ उपरीक्षक पदमा समेत बढुवा लिएको साथै बिभिन्न तालिम र सुविधाहरु लिएको देखिएकोले निज लालबाबु गिरीले नेपाल प्रहरीको पदमा नियुक्ति भई ‌ओहोदा, लाभ र सुविधासमेत प्राप्त गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएको हुँदा निजलाई साविक भ्रष्टाचार निवारण ऐन,  २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजाय हुन मागदाबी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

सहायक प्रवक्ता
गणेश बहादुर अधिकारी

 

प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति
  

Other Press Release

नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा कार्यरत प्रहरी बरिष्ठ उपरीक्षक लालबाबु गिरी उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2025/12/23
जिल्ला डोटी, बडीकेदार गाँउपालिका वडा नं. २ स्थित समाज कल्याण जनजागृत बन उपभोक्ता समितिका अध्यक्ष पदम बहादुर पुन मगरसमेत ३ जना उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/12/22
बलानबिहुल गाउँपालिका, सप्तरीका तत्कालीन अध्यक्ष दयानन्द गोइत समेत ५ जना र ओम गणेशाय कन्स्ट्रक्सन प्रा.लि उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/12/21
कारागार कार्यालय, कुश्मा, पर्वतका कार्यालय प्रमुख तथा मूल्याङ्कन समितिका अध्यक्ष शिला श्रेष्ठसमेत ५ जना उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/12/18
जिल्ला बझाङ बित्थडचिर गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसमेत ६ जना उपर गैरकानूनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/12/17
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक भई हाल नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाई प्रमुख बिनेश मुनंकर्मी उपर रु.२,५०,३४,५१७।१९ बिगो कायम गरी गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/12/16
जिल्ला धनुषा, विदेह नगरपालिका-२ स्थित शंकर जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक धनिकलाल ठाकुरसमेत २ जना उपर सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/12/15
गोकर्णेश्‍वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौंका तत्कालीन नगर प्रमुख (मेयर) काठमाडौ जिल्ला निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित विघटित प्रतिनिधि सभाका सदस्य एवं संघीय संसद अन्तर्गतको अर्थ समितिका तत्कालीन सभापति सन्तोष चालिसे उपर रू.३,६८,४७,७६१।७१ बिगो कायम गरी गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/12/14