यातयात व्यवस्था कार्यालय, भरतपुर चितवनमा कार्यरत कार्यालय सहयोगी ईन्द्रजित गुरुङ उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८२।०९।१४ गते।
------------------------------------------

यातयात व्यवस्था कार्यालय, भरतपुर चितवनमा जाँचपास, परमिट, नवीकरण शाखामा कार्यरत कार्यालय सहयोगी इन्द्रजित गुरुङले घुस/रिसवत रकम लिएको भन्नेसमेत व्यहोराको प्राप्त सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले यातायात व्यवस्था कार्यालय भरतपुर, चितवनका कार्यालय सहायक (पाँचौं) ईन्द्रजित गुरुङको कार्यकक्षबाट रु.१,८५,०००।– नगदसहित निज ईन्द्रजित गुरुङलाई मिति २०८२।०२।३० गते नियन्त्रणमा लिइएको थियो।

अनुसन्धानको सिलसिलामा राष्ट्रसेवक प्रतिवादी ईन्द्रजित गुरुङले यातायात व्यवस्था कार्यालय भरतपुर चितवनबाट जारी हुने सेवाहरु पञ्जिकरण, ब्लुबुक, जाँचपास र परमिट नवीकरण लगायतका सार्वजनिक सेवा कार्यहरु गर्न गराउन सहजीकरण गरे गराए वापत सेवाग्राहीसँग घुस/रिसवत रु. १,६१,३४०।- माग गरी आफू कर्मचारी भएकोले समस्यामा पर्छु भनी जानी बुझी भ्रष्टाचारको कसूर छल्न कार्यालयको कर्मचारी नरहेको र जिम्मेवारी नपाएको बाहिरी व्यक्तिलाई कार्यालयमा करार नियुक्ति दिने भनी झुट्टा आश्वासन दिई वदनियत गरी आफ्नो अनुकूलको गैरकानूनी कार्य (घुस रिसवतको रकम संकलन व्यवस्थापन) गर्न जानी बुझी ई-सेवा खातामा सेवाग्राहीबाट घुस/रिसवतको रकम जम्मा गर्न लगाई सोमार्फत उक्त घुस/रिसवतको रकम निज ईन्द्रजित गुरुङले आफ्नो सानिमा बैङ्कमा रहेको खातामा पटक-पटक गरी दाखिला गरे गराई उक्त घुस रिसवत रकम प्राप्त गरेको स्थापित भएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिमको कसुरमा बिगो रु. १,६१,३४०।- (एक लाख एकसठ्ठी हजार तीन सय चालीस रुपैयाँ मात्र) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।


सहायक प्रवक्ता
गणेश बहादुर अधिकारी

प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति
  

Other Press Release

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकूलपति प्रा.डा. संगिता सिंह भण्डारीसमेत १९ जना र हिमालयन मेडिटेक प्रा.लि. उपर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि CT Scan Machine खरिद गर्दा गुणस्तरहिन तथा शर्त तथा मापदण्ड विपरीतको आपूर्ति गरी गराई गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/29
जिल्ला बझाङ, बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेश बहादुर विष्ट, सुनकुडा माध्यमिक विद्यालयका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश बहादुर अधिकारीसमेत ५ जना उपर सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/28
जिल्ला चितवन, भरतपुर महानगरपालिकाका तत्कालीन बरिष्ठ इन्जिनियर (अधिकृत आठौं तह) भरत कुमार आचार्य उपर रू.६,७८,९१,०१५।९४ बिगो कायम गरी गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/27
ईलाका प्रशासन कार्यालय, लमही, दाङका तत्कालीन कार्यालय प्रमुख (शाखा अधिकृत) प्रेम बहादुर खवास, राजपुर गाउँपालिका, वडा नं. ४ का तत्कालीन वडा अध्यक्ष रामेश्वर यादव भन्ने रामेश्वर अहिरसमेत ६ जना उपर गलत लिखत तयार एवं सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/26
जिल्ला बारा, कलैया उपमहानगरपालिका वडा नं.३ का तत्कालीन वडा अध्यक्ष म.जलालुदिन मंसुरसमेत ४ जना उपर सार्वजनिक सम्पत्ति हानी एवं गलत लिखत तयार गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/25
मालपोत कार्यालय, बाँकेका तत्कालीन प्रमुख मालपोत अधिकृत ऋषिराम के.सी.समेत ९ जना उपर सार्वजनिक सम्पत्ति हानी एवं गलत लिखत तयार गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/22
जिल्ला महोत्तरी, बर्दिवास नगरपालिका वडा नं. ६ बस्ने जिवराज पोखरेल उपर गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/21