जिल्ला प्रहरी कार्यालय, सुनसरीस्थित सञ्चार शाखामा कार्यरत तत्कालीन प्रहरी सहायक निरीक्षक मुक्त नारायण श्रेष्ठउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०८२।११।२६ गते।
------------------------------------------
 
जिल्ला प्रहरी कार्यालय, सुनसरीस्थित सञ्चार शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक मुक्त नारायण श्रेष्ठले उक्त पदमा बढुवा प्रयोजनको लागि पेश गरेको शैक्षिक योग्यताका प्रमाणपत्रहरू नक्कली रहेको भन्ने समेतको व्यहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा प्रतिवादी मुक्त नारायण श्रेष्ठले नेपाल प्रहरी सेवाको प्रहरी सहायक निरीक्षक पदमा पदोन्नति हुँदा केन्द्रीय माध्यमिक शिक्षा बोर्ड, दिल्ली, भारतबाट जारी भएको देखिने NAME: MUKTA NARAYAN SHRESTHA, ROLL NO. 6345913, YEAR: 1999, ALL INDIA SENIOR SCHOOL CERTIFICATE EXAMINATION, 1999 को MARKS STATEMENT र MIGRATION CERTIFICATE लगायतका शैक्षिक योग्यताको झुट्टा तथा नक्कली प्रमाणपत्रहरू पेस गरी राष्ट्रसेवकको ओहदा (प्रहरी सहायक निरीक्षक पदमा पदोन्नति भई) प्राप्त गरी हालसम्म नेपाल सरकारबाट निवृत्तभरण सहितको हैसियत, लाभ, सुविधा लिई भ्रष्टाचारजन्य कसुर गरेकोले निजलाई भ्रष्टाचार निवरण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
 
प्रवक्ता 
सुरेश न्यौपाने

प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति
  

Other Press Release

पुरातत्व विभागका तत्कालीन इन्जिनियर/सि.डि.ई. पूर्ण बहादुर श्रेष्ठसमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) सम्बन्धी आरोपपत्र दायर।
2026/04/21
जिल्ला काभ्रे, बनेपा नगरपालिका वडा नं. ३ वतन भएका हिमाल तराई कन्सट्रक्सन प्रा.लि.का प्रोप्राइटर राजमान तामाङ्ग उपर घुस/रिसवत मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/04/20
काठमाडौं उपत्यका विकास प्राधिकरण अनामनगर, काठमाडौंका तत्कालीन विकास आयुक्त डा. भाइकाजी तिवारी र तत्कालीन शाखा अधिकृत (करार) याम कुमार कार्की उपर गलत लिखत तयार गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/04/17
काठमाडौं उपत्यका विकास प्राधिकरण अनामनगर, काठमाडौंका तत्कालीन विकास आयुक्त भाइ काजी तिवारी उपर बिगो रू.१०,५४,९५,८७१/३९ कायम गरी गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/04/16
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, लुम्बिनी प्रदेशका तत्कालीन सचिव बैकुण्ठ अधिकारीसमेत १८ जना र Mega Minds Architects and Structure Pvt. Ltd. उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/04/15
जिल्ला दैलेख, गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दिपक कुमार आचार्यसमेत २ जना र आर.के. कन्स्ट्रक्सन, सुर्खेत उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/04/13