राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलक राम अधिकारीसमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी तथा सम्पत्ति शुद्धीकरण सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०८२।१२।०१ गते।
------------------------------------------


राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलक राम अधिकारीले घुस/रिसवत बुझी लिई सम्पत्ति शुद्धीकरण गरेको भन्नेसमेत व्यहोराको उजुरीको सम्बन्धमा अनुसन्धान हुँदा प्रतिवादी झलक राम अधिकारीले एच.के.इन्टरप्राइजेज प्रा.लि. को राजस्व अनुसन्धान विभागमा रहेको राजस्व चुहावट सम्वन्धी छानबिन तथा राजस्व चुहावट सम्वन्धी अन्य कसुरबाट बच्नको लागि सहजीकरण वापत उक्त एच.के.इन्टरप्राइजेज प्रा.लि. का संचालक श्रीकृष्ण श्रेष्ठ बिज्यूबाट प्राप्त घुस/रिसवत रकम जम्मा रू.७०,००,०००।–(अक्षरेपी सत्तरी लाख) निज प्रतिवादी झलक राम अधिकारीले विकास चापागाई, देवेन्द्र के.सी, रविन्द्र लामिछाने लगायतसँगको मतसल्लाह तथा मिलेमतोमा निजहरूको खाता रहेको ग्लोबल आइएमई बैंक, लुम्बिनी विकास बैंक र लक्ष्मी सनराइज बैंक लगायतका बैक तथा वित्तीय संस्थामा रकम दाखिला गरी गराई तहिकरण गरी घुस रिसवत रकमको स्वरूप परिवर्तन गरी गराई जिल्ला भक्तपुर, थिमी न.पा. साविक वडा नं. १७ (हाल वडा नं.२)  स्थित दिव्यश्वरी आयोजना भित्रको कित्ता नं.९९८ क्षेत्रफल १६४.१४ व.मि (०-५-०-२.५९) जग्गा खरिद तथा देवेन्द्र के.सी समेत संचालक रहेको द कुटी रिसोर्टको कर्जा भुक्तानी समेतमा प्रयोग प्रचलनमा ल्याएको तथ्य पुष्टि भएको देखिएको। क्रमश...
(नोट थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)

प्रवक्ता
सुरेश न्यौपाने

प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति
  

Other Press Release

१.बडीकेदार गाउँपालिका, डोटीका तत्कालीन अध्यक्ष कृष्ण बहादुर चन्द, तत्कालीन उपाध्यक्ष इन्द्रा कुमारी बोहरासमेत ८ जना र भागरथी निर्माण सेवा, धनगढी, कैलाली उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी एवं गलत प्रतिवेदन दिई दिन लगाई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/16
२.बडीकेदार गाउँपालिका, डोटीका तत्कालीन अध्यक्ष कृष्ण बहादुर चन्द, तत्कालीन उपाध्यक्ष इन्द्रा कुमारी बोहरासमेत ७ जना र भागरथी निर्माण सेवा, धनगढी, कैलाली उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी, गलत प्रतिवेदन तथा सरकारी कागजात नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/16
जिल्ला सुर्खेत, भेरीगंगा नगरपालिकास्थित साजगोठेरी सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष लोक बहादुर महतारासमेत ३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/15
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सप्तरीका तत्कालीन कार्यालय प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा. प्रभात झासमेत ४ जना र राधा कृष्ण निर्माण सेवा, राजविराज, सप्तरी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/11