मालपोत कार्यालय, भैरहवा रुपन्देहीमा कार्यरत नायव सुब्बा ओम बहादुर खाम्चा उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरिएको।


प्रेस विज्ञप्ति:- मिति २०८३।०२।०४ गते।
------------------------------------------

मालपोत कार्यालय, भैरहवा, रुपन्देहीमा कार्यरत नायव सुब्बा ओम बहादुर खाम्चाले जग्गाको नयाँ श्रेष्ता कायम तथा नामसारी गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले निज नायव सुब्बा ओम बहादुर खाम्चालाई सेवाग्राहीबाट रू.२,००,०००।– (दुई लाख रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिइएको थियो।

अनुसन्धानको सिलसिलामा मालपोत कार्यालय, भैरहवा, रुपन्देहीमा नायव सुब्बा पदमा कार्यरत ओम बहादुर खाम्चाले जिर्ण श्रेस्ता कायम गरी अपुताली जग्गा नामसारी दाखा समेतका काम गरिदिएबापत सेवाग्राहीसँग घुस/रिसवत माग गरी मोलमोलाई गरी रू.२,००,०००।- (दुई लाख रूपैयाँ) लिएको पुष्टि भएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु.२,००,०००।- (दुई लाख रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
सुरेश न्यौपाने

प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति
  

Other Press Release

मालपोत कार्यालय, भैरहवा रुपन्देहीमा कार्यरत नायव सुब्बा ओम बहादुर खाम्चा उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरिएको।
2026/05/18
सुर्खेत उपत्यका नगर विकास समिति, वीरेन्द्रनगरका तत्कालीन सदस्य सचिवहरू टिकाराम ढकाल, नरहरी तिवारी, गेहेन्द्र बहादुर डाँगीसमेत ५ जना उपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/05/13
जिल्ला गोरखा, बारपाक सुलिकोट गाउँपालिका वडा नं. ७ स्थायी वतन भई हाल जिल्ला काठमाडौं, चन्द्रागिरी नगरपालिका वडा नं. ५ बस्ने सुमित्रा कुमारी घिमिरे पुडासैनी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/05/12
सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा वेश, नक्टाझिज, धनुषामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक वकिल अधिकारी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/05/12