भेटेरनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र, सप्तरीका निमित्त कार्यालय प्रमुख (पशु विकाश अधिकृत/आठौँ) डा. राम पवित्र दाससमेत २ जना घुस/रिसवत रकमसहित नियन्त्रणमा।
प्रेस विज्ञप्ति:- मिति २०८३।०३।२२ गते ।
----------------------------------------------------
जिल्ला सप्तरी, राजविराज नगरपालिका वडा नं. ३ स्थित भेटेरनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख (पशु विकाश अधिकृत/आठौँ) डा. राम पवित्र दास र हलुका सवारी चालक भोगेन्द्र यादवले भ्याक्सिनेटरहरुबाट सेवा उपलब्ध गराए वापतको पाउनुपर्ने भुक्तानी रकमको २०% कमिसन स्वरूप घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको, कार्यालय, इटहरीबाट खटिई गएको टोलीले निज सवारी चालक भोगेन्द्र यादवलाई घुस/रिसवत वापतको रू.३३,३५०/- लिइसकेको अवस्थामा उक्त रकम र श्रोत नखुलेको रकम रू.४८,०७०/- गरी जम्मा रू. ८१,४२०/- (एकासी हजार चार सय बीस रूपैयाँ) एवं भिन्न भिन्न रकम उल्लेख गरिएको चेक थान-४ (रू.१ लाख २९ हजार बराबरको), मोबाइल थान-१ र निमित्त कार्यालय प्रमुख डा. राम पवित्र दासको साथबाट मोबाइल थान-१, चेक थान-१ ( रू.१ लाख २५ हजार बराबरको) सहित उक्त कार्यालयको कार्यालय प्रमुखको कार्यकक्षबाट बरामद गरी निजहरुलाई आज मिति २०८३।०३।२२ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।
सहायक प्रवक्ता
गणेश बहादुर अधिकारी
Tweet