जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं. ३० का लेखा अधिकृत (छैठौ) उद्वब भट्टराई घुस रकमसहित नियन्त्रणमा ।
प्रेस विज्ञप्ति:- मिति २०८३।०४।०८ गते ।
----------------------------------------------------
जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं. ३० का लेखा अधिकृत (छैंठौ) उद्वब भट्टराईले स्थायी लेखा नम्बर बन्द गर्नका लागि वडा कार्यालयबाट दिनुपर्ने सिफारिसको लागि दु:ख हैरानी दिई सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज लेखा अधिकृत उद्वब भट्टराईलाई सेवाग्राहीबाट रु.२१,०००/– (एक्काइस हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित काठमाडौं महानगरपालिका वडा नं. ३० को वडा कार्यालयबाट आज मिति २०८३।०४।०८ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
प्रवक्ता
सुरेश न्यौपाने
Tweet