भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, सर्लाहीका डिभिजन प्रमुख सि.डि.हा.जी. अनुपमा ढकाल र मेकानिकल अधिकृत छैंठौ तुलाकान्त चौधरी घुस/रिसवत रू.७,५०,०००।- सहित नियन्त्रणमा ।
प्रेस विज्ञप्ति:- मिति २०८३।०४।०९ गते ।
----------------------------------------------------
भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, सर्लाहीका डिभिजन प्रमुख सि.डि.हा.जी. अनुपमा ढकाल र मेकानिकल अधिकृत छैठौ तुलाकान्त चौधरीसमेतको मिलेमतोमा बोरिङ र मोटर जडान गर्ने कार्य सम्पन्न पश्चात सो कार्य वापतको रकम भुक्तानी गर्ने क्रममा दु:ख हैरानी दिई सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले निज डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरीलाई सेवाग्राहीबाट रू.७,५०,०००।- (सात लाख पचास हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकम एवं श्रोत नखुलेको रू. ७१,११५।–(एकहत्तर हजार एक सय पन्ध्र रुपैयाँ) र मोबाइल थान- ३ (तीन) सहित जिल्ला सर्लाही, वागमती नगरपालिका वडा नं. १२ स्थित भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयका कार्यालय प्रमुखको क्वाटरबाट मिति २०८३।०४।०८ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
प्रवक्ता
सुरेश न्यौपाने
Tweet