जिल्ला झापा, गौरीगञ्ज गाउँपालिका वडा नं. १ मा कार्यरत वडा सचिव अजय कुमार साह घुस/रिसवतसहित नियन्त्रणमा ।



प्रेस विज्ञप्ति:- मिति २०८३।०४।११ गते ।
----------------------------------------------------

जिल्ला झापा, गौरीगञ्ज गाउँपालिका वडा नं. १ मा कार्यरत वडा सचिव अजय कुमार साहले सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र जारी गर्नका लागि सेवाग्राहीलाई दु:ख हैरानी दिई घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले निज वडा सचिव अजय कुमार साहलाई सेवाग्राहीबाट रु.१०,०००।- (दश हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित सोही वडाको स्थानीय होटलबाट आज मिति २०८३।०४।११ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रवक्ता 
सुरेश न्यौपाने

प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति