भूमि प्रशासन कार्यालय, लगनखेल, ललितपुरका नायब सुब्बाहरु उत्तम कुँवर, विशाल सुन्दास, राजकुमार मगरसमेत ५ जना रू.३,००,०००।- घुस/रिसवतसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०८३।०४।१६ गते ।
----------------------------------------------------

भूमि प्रशासन कार्यालय, लगनखेल, ललितपुरका नायब सुब्बाहरु उत्तम कुँवर, विशाल सुन्दास, राजकुमार मगर र लेखापढी व्यवसायीहरु शैलेन्द्र रानामगर र समिर कटवालसमेतको मिलेमतोमा जग्गाको बकसपत्र गराउने कामको लागि दु:ख हैरानी दिई सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निजहरुलाई सेवाग्राहीबाट घुस/रिसवत वापत रू.३,००,०००/- (तीन लाख रुपैयाँ) लिइसकेको अवस्थामा उक्त रकम र श्रोत नखुलेको रू.२४,८९०/- (चौवीस हजार आठ सय नब्बे रूपैयाँ) सहित ललितपुर महानगरपालिका वडा नं ४ स्थित एक होटलबाट मिति २०८३।०४।१५ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रवक्ता 
सुरेश न्यौपाने

 

प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति