जिल्ला उदयपुर, डिभिजन वन कार्यालयका योजना शाखाका शाखा प्रमुख वन अधिकृत (सातौँ) भुवन पौडेललाई घुस/रिसवतसहित नियन्त्रणमा लिई म्याद थप भई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको।
प्रेस विज्ञप्ति:- मिति २०८३।०५।०५ गते ।
----------------------------------------------------
जिल्ला उदयपुर, त्रियुगा नगरपालिका वडा नं १० स्थित डिभिजन वन कार्यालय, उदयपुरको योजना शाखाका शाखा प्रमुख वन अधिकृत (सातौँ) भुवन पौडेलले सामुदायिक वन उपभोक्ता समितिको काठ लगत समर्थन तथा लिलाम सहमति सिफारिस पत्र दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले निज भुवन पौडेललाई सेवाग्राहीबाट घुस/रिसवत रू.१५,०००/- (पन्ध्र हजार रुपैयाँ) लिइसकेको अवस्थामा उक्त रकमसहित जिल्ला उदयपुर, त्रियुगा नगरपालिका वडा नं. १० स्थित डिभिजन वन कार्यालयबाट मिति २०८३/०५/०४ गते नियन्त्रणमा लिइएको र आज मिति २०८३।०५।०५ गते विशेष अदालतको आदेशबाट घुस/रिसवत भ्रष्टाचार सम्बन्धी मुद्दामा म्याद थप भई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।
प्रवक्ता
सुरेश न्यौपाने
प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति
Tweet