जिल्ला कैलाली, कालिका माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिका सदस्य देव बहादुर बमलाई रू.२,००,०००/- घुस/रिसवतसहित नियन्त्रणमा लिई म्याद थप भई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको।


प्रेस विज्ञप्ति:- मिति २०८३।०५।०५ गते ।
----------------------------------------------------

जिल्ला कैलाली, गौरीगंगा नगरपालिका वडा नं. ४ स्थित कालिका माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिका सदस्य देव बहादुर बमले तोकिए बमोजिमको थप सेवा सुविधा तथा पारिश्रमिक प्रदान गर्नका लागि घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिएको टोलीले निज देव बहादुर बमलाई सेवाग्राहीबाट घुस/रिसवत रू.२,००,०००।– (दुई लाख रुपैयाँ) लिइसकेको अवस्थामा उक्त रकमसहित जिल्ला कैलाली, धनगढी उपमहानगरपालिका वडा नं. १ अन्तर्गतबाट मिति २०८३/०५/०४ गते नियन्त्रणमा लिइएको र आज मिति २०८३।०५।०५ गते विशेष अदालतको आदेशबाट घुस/रिसवत भ्रष्टाचार सम्बन्धी मुद्दामा म्याद थप भई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।

प्रवक्ता 
सुरेश न्यौपाने

प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति