जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाको भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुख इन्जिनियर (सातौं) दिपा कार्कीसमेत २ जनालाई घुस/रिसवतसहित नियन्त्रणमा लिई म्याद थप भई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको।
प्रेस विज्ञप्ति:- मिति २०८३।०५।१६ गते ।
----------------------------------------------------
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाको कार्यालयमा भवन निर्माण तथा वस्ती विकास शाखा प्रमुख इन्जिनियर (सातौं) पदमा कार्यरत दिपा कार्की समेतले Structure Analysis को काम स्वीकृत गरेबापत बार्गेनिङ गर्दै पटक-पटक दु:ख हैरानी दिई सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज इन्जिनियर दिपा कार्की र रकम लिई मध्यस्थको काम गर्ने आस्मा कार्कीलाई सेवाग्राहीबाट घुस/रिसवत बापत रू.६४,०००/- (चौसठ्ठी हजार रूपैयाँ) लिइसकेको अवस्थामा उक्त रकमसहित जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाको कार्यालय थली, डाँछीबाट मिति २०८३।०५।१५ गते नियन्त्रणमा लिइएको र आज मिति २०८३।०५।१६ गते विशेष अदालतको आदेशबाट घुस/रिसवत भ्रष्टाचार सम्बन्धी मुद्दामा म्याद थप भई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।
प्रवक्ता
सुरेश न्यौपाने
Tweet