जिल्ला रूकुम (पश्चिम भाग) आठबिसकोट नगरपालिका–५ बस्ने दिपक पुन मगरउपर झुट्टा उजुरीका सम्बन्धमा जरिवाना गरिएको।
प्रेस विज्ञप्ति :- मिति २०८३।०६।२९ गते।
---------------------------------------------
नेपाल प्रहरी मातहत आफूलाई डि.आई.जी. बताउने व्यक्तिले म अध्यक्ष रहेको सहकारीबाट ऋण लिएकोमा भुक्तानी माग गर्दा आफू डि.आई.जी. भएकोले म उपर परेको उजुरी मिलाई दिने भनी रू.४०,००,०००/- (चालीस लाख रूपैयाँ) मध्ये रू.१५,००,०००/- (पन्ध्र लाख रूपैयाँ) नगद र आफ्नी कान्छी श्रीमतीको नाममा थप चेक लिई धम्की दिएर रकम माग गरिरहेकोले अनुसन्धान हुन भन्नेसमेत बेहोराको एबी राईको नामबाट प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा उक्त उजुरी एबी राई (आङबाबु राई) को नामबाट दर्ता भएतापनि निज आङबाबु राईले आफूले नदिएको तथा उजुरीमा भएको हस्ताक्षरसमेत आफ्नो नभएको भनी सनाखत गरेको एवम् जिल्ला रूकुम, (पश्चिम भाग) आठबिसकोट नगरपालिका-५ बस्ने दिपक पुन मगरले मिति २०८३/०३/१७ गते आयोगसमक्ष गरेको बयानमा उक्त उजुरी आफूले नै एबी राई अर्थात् आङबाबु राईको नामबाट दिएको भनी स्वीकार गरेको, निज दिपक पुन मगरले उजुरीकर्ता नै नभएको व्यक्तिको नामबाट निजको जानकारी तथा स्वीकृति बिना उजुरी दर्ता गराएको, उजुरीमा नेपाल प्रहरी मातहतको डि.आई.जी. पदमा रही उक्त पदको दुरूपयोग गरी मुद्दा मिलाइदिने भन्दै रू.४०,००,०००/– रकम माग गरेको तथा धम्की दिएको आरोपमा अनुसन्धानका क्रममा दिपक पुन मगर र आङबाबु राईले त्यस्तो कुनै घटना नभएको, आफूलाई कुनै व्यक्तिबाट धम्की नदिइएको तथा मुद्दा मिलाइदिने भनी रकमसमेत नमागिएको भनी बयान गरेको देखिंदा निज आङबाबु राई (एबी राई) को नाम तथा दस्तखत प्रयोग गरी निजसमेतलाई दुःख, हैरानी दिने बद्नियतले निज दिपक पुन मगरले यस आयोगमा झुट्टा उजुरी दिएको तथ्य पुष्टि भएकोले निज दिपक पुन मगरलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४९ लगायतको प्रचलित कानून बमोजिम रू.२,०००/– (दुई हजार रूपैयाँ मात्र) जरिवाना गरिएको छ।
प्रवक्ता
सुरेश न्यौपाने
प्रेश बिज्ञप्ति
प्रेश बिज्ञप्ति
Tweet
Other Press Release
|
जिल्ला रूकुम (पश्चिम भाग) आठबिसकोट नगरपालिका–५ बस्ने दिपक पुन मगरउपर झुट्टा उजुरीका सम्बन्धमा जरिवाना गरिएको।
2026/10/15 |