जिल्ला बन कार्यालय रूकुमका स.व.अ.विनोद प्रसाद कानु समेत ४ जना उपर आरोप-पत्र दायर गरीएको ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०४।२१ गते ।
--------------------------------------------  
जिल्ला बन कार्यालय रूकुमका स.व.अ.विनोद प्रसाद कानु समेत ४ जना उपर आरोप-पत्र दायर गरीएको ।
--------------------------------------------------------------------------------------------------------------------
जिल्ला बन कार्यालय रूकुमका स.व.अ. विनोद प्रसाद कानुले नक्कली इजाजतपत्र तयार गरी जिल्ला भित्रका जडिबुटीहरूको चोरी निकासी गराई आफ्नो पदको दुरुपयोग गरेको र ठूलो मात्रमा राज्यलाई प्राप्त हुने राजस्व चुहावट गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला वन कार्यालय, रुकुमका स.व.अ. विनोद प्रसाद कानुले कार्यालयमा जिल्ला वन अधिकृत नभएको मौका पारी आवादीको जग्गाबाट जडिबुटी संकलन गरेको भनेता पनि कुनै प्रमाण संलग्न नराखी जडिबुटी संकलन इजाजतलगायत कुनै पनि प्रक्रिया पूरा नभएको अवस्थामा कार्यालयबाट चलानी नभएका नक्कली चलानी नम्बरहरू राखी कुनै राजस्व दस्तुर सरकारी कोषमा दाखिला नगरी गलत ढंगले जडीबुटी निकासी इजाजतपत्र तयार गरी जडिबुटी निकासी गरी गराई बिगो रू.६,१४,७३०।– (छ लाख चौध हजार सात सय तीस) बराबरको सार्वजनिक सम्पत्ति (जडिबुटी) हिनामिना हानिनोक्सानी गरी भ्रष्टाचारजन्य कार्य गरेको स-प्रमाण पुष्टि हुन आएको देखिई निज स.व.अ. विनोद प्रसाद कानुले भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ९ बमोजिम गलत लिखत तयार गरेको र दफा १७ बमोजिम सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरेको देखिंदा निजलाई बिगो रू. ६,१४,७३०।–( छ लाख चौध हजार सात सय तीस) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र ऐ.ऐनको दफा १७ अनुसार सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ङ) बमोजिम सजाय हुन र भ्रष्टाचार गरी हिनामिना, हानिनोक्सानी गरेको बिगो निज प्रतिबादीबाट भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १७ बमोजिम असुलउपर हुन मागदाबी लिईएको ।
साथै दुर्गादिप इन्टरप्राइजेज, काठमाडौंका प्रो.दुर्ग बहादुर खड्का, दिपक जडिबुटी सप्लायर्स एण्ड ट्रेडर्स सुर्खेतका प्रो. मान बहादुर वली र नेपाल हर्वल प्रोसेसिङ प्लान्ट, बाँकेका प्रो.लाल बहादुर वलीले जडिबुटी संकलनको इजाजत नलिइ नक्कली चलानीको आधारमा कानूनबमोजिम राजस्व दस्तुरसमेत नतिरी आफूलाई गैरकानुनी लाभ र नेपाल सरकारलाई हानी पुर्‌याउने बदनियतले काम गरेको पुष्टि हुन आइ भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ८ को उपदफा ४ बमोजिमको कसुर गरेको प्रमाणित हुन आएकोले निजहरूको फर्मबाट निकासी भएको बिगो बमोजिम दुर्गादिप इन्टरप्राइजेज, काठमाडौंका प्रो. दुर्ग बहादुर खड्कालाई रू.१,६८,६४०।(एक लाख अठसठ्टी हजार छ सय चालीस), दिपक जडिबुटी सप्लायर्स एण्ड ट्रेडर्स सुर्खेतका प्रो. मान बहादुर वलीलाई रू.१,१८,०४०।–(एक लाख अठार हजार चालीस) र नेपाल हर्वल प्रोसेसिङ प्लान्ट, बाँकेका प्रो.लाल बहादुर वलीलाई रू.३०,०००।–(तिस हजार) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी निजहरूबाट उल्लेखित बिगो असुल गरी जफत हुन समेत मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ  । 

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26