पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८१।०१।२० गते।
------------------------------------------
 
पोखरा महानगरपालिका, नगर कार्यपालिकाको कार्यालयमा कार्यरत सव-इन्जिनियर उषा किरण रोकाया र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवर समेतले घर निर्माण सम्पन्न प्रमाणपत्र दिलाउने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिई गएको टोलीले निज सव-इन्जिनियर उषा किरण रोकाया र कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाई सेवाग्राहीबाट रु.१,५०,०००।–(एक लाख पचास हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा मिति २०८०।१२।२८ गते नियन्त्रणमा लिइएको थियो। क्रमश...
 
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 
 
प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release

जिल्ला चितवन, बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत तत्कालीन प्रशासनतर्फ बरिष्ठ सहायक कमला अधिकारी उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2025/01/24
जिल्ला चितवन, भरतपुर महानगरपालिका वडा नं.२६ बस्ने नन्दलाल पौडेल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/01/24
साविक आदर्श गा.वि.स. भवानीपुर जीतपुर, बाराका तत्कालीन गा.वि.स. सचिव आस महमद अन्सारी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी तथा सरकारी कागजात नोक्सान गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/01/20
पूर्वाञ्चल विश्वविद्यालयका मुख्य सहायक (कम्प्युटर) हिरालाल यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2025/01/17
जिल्ला पर्सा, पोखरीया नगरपालिका वडा नं.२ का चन्दन कुमार मिश्र उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/01/15