नापी कार्यालय, चितवनका सर्वेक्षक राजेश कर्माचार्य उपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति:- मिति २०७६।०४।२२ गते 
------------------------------------------
नापी कार्यालय, चितवनका सर्वेक्षक राजेश कर्माचार्य उपर आरोप-पत्र दायर गरिएको ।
--------------------------------------------------------------------------------------------------
नापी कार्यालय,चितवनका सर्भेक्षक राजेश कर्माचार्यले सेवाग्राहीसँग जग्गाको कित्ताकाट गरेबापत रू.२०,०००।–(बीस हजार) घुस रकम माग गरी लिई जिल्ला प्रशासन कार्यालय चितवनको रोहवरमा फिर्ता गरी निज कर्मचारीलाई निलम्बन गरी भ्रष्टाचारको कसुरमा कारवाहीका लागि आयोगमा मिसिल फाइल सहित प्राप्त उजुरी निवेदनको  सम्बन्धमा अनुसन्धान हुँदा नापी कार्यालय, चितवनका सर्भेक्षक राजेश कर्माचार्यले सेवाग्राहीबाट जग्गा कित्ताकाट गरेबापत रू.२०,०००।– ( बीस हजार) घुस रिसवत लिएको स-प्रमाण पुष्टि हुन आएकोले निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर गरेको देखिंदा निज प्रतिवादीलाई विगो रू.२०,०००।– (बीस हजार) कायम गरि सोही भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जरिवानाका साथै सोही दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम कैद सजायको समेत मागदाबी लिईएको छ ।

साथै सेवाग्राहीले राष्ट्रसेवक सर्भेक्षक राकेश कर्माचार्यलाई रू.२०,०००।– (बीस हजार) घुस रिसवत दिन जाँदाका बखत केही सरोकारवाला प्रतिनिधि समेत लिई घुस रिसवत लिने कर्मचारीलाई पक्राउ गर्न मद्दत गरेको  साथै यथार्थ कुरा बताई अनुसन्धानमा सहयोग गरेको देखिएको हुँदा निज विष्णुप्रसाद पौडेल उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा  १ को उपदफा ३ बमोजिमको कसुरमा सजायको मागदाबी लिन न्यायोचित नदेखिंदा हाललाई निज विष्णुप्रसाद पौडेललाई  प्रस्तुत मुद्दामा भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ५५ बमोजिम निजलाई हुने सजायमा पूर्ण छुट दिई आयोगको साक्षीको रूपमा प्रस्तुत गरी आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26