हिगुवापाटी ट्राफिक पोष्ट काभ्रेमा कार्यरत प्रहरी जवान तेज प्रसाद भट्टराई उपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०४।३० गते ।
--------------------------------------------
हिगुवापाटी ट्राफिक पोष्ट काभ्रेमा कार्यरत प्रहरी जवान तेज प्रसाद  भट्टराई उपर आरोप-पत्र दायर गरिएको ।
---------------------------------------------------------------------------------------------------------------------------------

मेलम्ची देखि काठमाडौंतर्फ बालुवा लिई आउने क्रममा राजमार्गमा पर्ने हिगुवापाटी ट्राफिक पोष्ट काभ्रेका प्रहरी जवान तेज प्रसाद भट्टराई  नदिजन्य पदार्थ ढुवानी गरे वापत विभिन्न बहाना गरी  घुस रिसवत बापत रू.२,०००।– (दुई हजार) माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले हिगुवापाटी ट्राफिक पोष्टमा कार्यरत प्रहरी जवान तेज प्रसाद भट्टराईले रू.२,०००।–घुस रिसवत लिएको अवस्थामा रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान हुँदा निज प्रहरी जवान तेज प्रसाद भट्टराईले सेवाग्राहीसँग सवारी साधन चेकजाँच गर्ने क्रममा नियमित काम गर्ने हो भने मासिक रूपमा रू.२,०००।–(दुई हजार) का दरले बुझाउनुपर्छ भनी आफ्नो जिम्मेवारी, ओहोदा र पदीय दायित्व समेतको ख्याल नगरी बदनियतपूर्वक रकमको वार्गेनिङ गरी रू.२,०००।– (दुई हजार) घुस/रिसवत लिएको स-प्रमाण पुष्टि हुन आई निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर अपराध गरेको देखिंदा निजलाई बिगो रू.२,०००।–(दुई हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम सजायको मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26