जिल्ला प्रशासन कार्यालय, बाराका नायब सुब्बा सनोज महतो उपर आरोप-पत्र दायर गरिएको ।
प्रेस विज्ञप्ति :- मिति २०७६।०५।०८ गते ।
----------------------------------------------
जिल्ला प्रशासन कार्यालय, बाराका नायब सुब्बा सनोज महतो विरूद्ध विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय, बाराका नायब सुब्बा सनोज महतोले पुरानो मुद्दाको पेशी चढाई चाँडै मुद्दा सकिदिने भनी विभिन्न बहाना बनाइ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडा, मकवानपुरबाट खटिई गएको टोलीले निज नायब सुब्बा सनोज महतोलाई सेवाग्राहीसँग रू.१०,०००।– (अक्षरुपी दस हजार मात्र) घुसबापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको क्रममा निज नायव सुब्बा सनोज महतोले सेवाग्राहीसँग मुद्दाको पेशी चढाउने भनी घुस रिसवत माग गरी लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको स-प्रमाण पुष्टि हुन आएकोले निजलाई विगो रू.१०,०००।– (दस हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
प्रदीपकुमार कोइराला
प्रवक्ता
Tweet