जिल्ला तेह्रथुम साविक दाँगपा गाविसमा कार्यरत तत्कालीन गाविस सचिव मणि प्रसाद राई उपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति:- मिति २०७६।०५।१९ गते ।
------------------------------------------ 
जिल्ला तेह्रथुम साविक दाँगपा गाविसमा कार्यरत गाविस सचिव मणि प्रसाद राईले मृतक व्यक्तिका नाममा सामाजिक सुरक्षा भत्ता रकम निकासा गरी खाइमासेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निज तत्कालीन गाविस सचिव मणि प्रसाद राईले सामाजिक सुरक्षा भत्ता वितरण कार्यसँग सम्बन्धित आफैंले ल्याप्चे लगाएको रु.१,४९,२००।-,परिचयपत्रमा रेकर्ड जनाई आफैले भुक्तानी लगेको साथै पेश्की फछर्यौट समेत गरिसकेको रू.६,०००।–तथा अन्य व्यक्तिको औठाछाप लगाई सामाजिक सुरक्षा भत्ता दिएको तर रेकर्डमा जनाएको वा हस्ते गरी दिएको ठोस आधार तथा प्रमाण पेश गर्न नसकेको रू.५४,५००।–गरी जम्मा रू.२,०९,७००।–(दुई लाख नौ हजार सात सय रूपैयाँ) नक्कली भरपाई तयार गरी झुठ्ठा कागजातको आधारमा तत्कालीन जिल्ला विकास समिति तेह्रथुमबाट भुक्तानी लिएको देखिदा निज गाविस सचिव मणि प्रसाद राईले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम नेपाल सरकारको सम्पत्तिको हिनामिना हानिनोक्सानी तथा दुरुपयोग गरे-गराएको कसुर पुष्टि भएकोले सोही दफा १७ ले निर्देष गरेबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को  खण्ड (घ) बमोजिम सजाय गरी नेपाल सरकारको हानिनोक्सानी गरेको विगो रू.२,०९,७००।– (दुई लाख नौ हजार सात सय रूपैयाँ) सोही ऐनको दफा १७ बमोजिम निजले खाइमासेको सामाजिक सुरक्षा भत्ताबापतको रकम असुलउपर गरी पाउनसमेत मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
 
प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26