वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग काठमाडौंका नायव सुब्बा पुरूषोत्तम पोखरेल र कर सहयोगी/सहजकर्ता केदार प्रसाद न्यौपाने उपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति :-मिति २०७६।०६।०२ गते
---------------------------------------

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहल काठमाडौंका नायव सुब्बा पुरूषोत्तम पोखरेलले सहजकर्ता (कर सहयोगी) केदारप्रसाद न्यौपानेबाट पुँजी बृद्धि तथा शाखा विस्तारको लागि रू.१,०००।–(एक हजार) घुस रिसवत रकम लिंदै दिंदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले निजहरू नायव सुब्बा पुरूषोत्तम पोखरेल र कर सहयोगी (सहजकर्ता ) केदार प्रसाद न्यौपानेलाई उक्त घुस रकम सहित नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको क्रममा निज नायव सुव्वा पुरूषोत्तम पोखरेलले कर सहयोगी /सहजकर्ता काम गर्ने केदार प्रसाद न्यौपानेबाट फर्मको पुँजी बृद्धि र शाखा विस्तार गर्ने प्रयोजनार्थ सहयोग गरेबापत घुस/रिसवत  लिएको र कर सहयोगी/सहजकर्ताले पनि सो फर्मको पुँजी बृद्धि गर्न घुस/रिसवत दिई निजहरूबीच घुस/रिसवतबापत रू.१,०००।–( एक हजार) लेनदेन भएको पुष्टि हुन आएको हुँदा निज पुरूषोत्तम पोखरेलले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१)  को कसुर गरेको स-प्रमाण पुष्टि भएको हुँदा निजलाई विगो रू.१,०००।–(एक हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन र घुस रिसवतबापत लिएको रू.१,०००।–सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जफत हुन समेत मागदावी लिइएको ।

साथै कर सहयोगी/सहजकर्ता केदार प्रसाद न्यौपानेले राष्ट्रसेवक कर्मचारीलाई घुस/रिसवत दिने कार्यमा संलग्न भई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (३)  को कसुर गरेको स-प्रमाण पुष्टि भएको हुँदा निजलाई विगो रू.१,०००।–(एक हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (३) मा उल्लेख भएको बमोजिम सोही ऐनको  दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम विगो जफत हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ  ।

प्रदीपकुमार कोइराला
प्रवक्ता

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26