जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान गम्हिरा साह तेली उपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०६।०९ गते ।
------------------------------------------

जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान गम्हिरा साह तेलीले जिल्ला प्रहरी कार्यालय पर्साबाट कमसल आयुर्वेदिक औषधी दिएको भन्ने समेत टुङ्गिइसकेको उजुरी मिलाइदिने भनी  सेवाग्राहीसँग पटक पटक घुस/रिसवत रकम माग गरेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय,  हेटौंडा मकवानपुरबाट खटिई गएको टोलीले निज प्रहरी जवान गम्हिरा साह तेलीलाई सेवाग्राहीसँग रु.५,०००।–(पाँचहजार)  घुस वापतको रकम सहित रङ्गेहात नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा निज प्रहरी जवान गम्हिरा साह तेलीले सेवाग्राहीले आयुर्वेदिक औषधीको रकम फिर्ता गराउन दिएको उजुरीको काम गर्ने सिलसिलामा आफ्नो जिम्मेवारी र पदीय दायित्व विपरीत सेवाग्राहीसँग घुस /रिसवत माग गरी रू.५,०००।– (पाँच हजार) लिएको पुष्टि हुन आई निज गम्हिरा साह तेलीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको देखिँदा निज उपर विगो रू. ५,०००।– (पाँच हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क)  बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26