सव डिभिजन वन कार्यालय, प्रतापपुर, नवलपरासी (वर्दघाट-सुस्ता पश्चिम) का सहायक वन अधिकृत पर्शुराम चौधरीसमेत २ जना उपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०६।३० गते 
-------------------------------------------
सव डिभिजन वन कार्यालय, प्रतापपुर, नवलपरासी (वर्दघाट-सुस्ता पश्चिम)का सहायक वन अधिकृत पर्शुराम चौधरी र उक्त वन कार्यालय रहेका घरधनी मनोज कुमार शर्माले डिभिजन वन कार्यालयबाट नियन्त्रणमा लिएको ट्याक्टरको मुद्दा मिलाईदिने भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले निज सहायक वन अधिकृत पर्शुराम चौधरी र मनोज कुमार शर्मालाई सेवाग्राहीसँग रू.६५,०००/- (पैसठ्ठी हजार) घुस वापतको रकम लिइसकेको अवस्थामा उक्त घुस रकम सहित नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको क्रममा निज सहायक वन अधिकृत पर्शुराम चौधरीले वन कार्यालयबाट नियन्त्रणमा लिएको ट्याक्टर र ट्याक्टर चालकलाई छुटाई मुद्दा मिलाइदिने भनी सेवाग्राहीसँग पटक पटक घुस रिसवत माग गरी अनाधिकृत व्यक्ति मनोज कुमार शर्मालाई आफ्नो साथमा लिई गई निज मनोज कुमार शर्मा मार्फत रू.६५,०००।– (पैसठ्ठी हजार) घुस रिसवत लिई निज पर्शुराम चौधरीले भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको सप्रमाण पुष्टि भएकोले आरोपित मनोजकुमार शर्माले आफ्नो कुनै जिम्मेवारी, भूमिका तथा सरोकार नै नभएको सरकारी कामको विषयमा सहायक वन अधिकृत पर्शुराम चौधरीको भनाइ मानी सेवाग्राहीबाट रू.६५,०००।– (पैसठ्ठी हजार) घुस/ रिसवत लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा(२) बमोजिम कसुर गरेको स-प्रमाण पुष्टि भएको निजहरू पर्शुराम चौधरी र मनोज कुमार शर्मालाई जनही विगो रू.६५,०००।– (पैसठ्ठी हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय खण्ड (ग) बमोजिम जरिवाना र कैद सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।  


प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26