जिल्ला अदालत सिरहाका हलुका सवारी चालक व्रिजमोहन यादव र विरदेव सिंह भन्ने विरीदेव महतोउपर आरोपपत्र दायर ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०७।१४ गते ।
---------------------------------------

जिल्ला अदालत सिरहाका हलुका सवारी चालक व्रिजमोहन यादवले अदालतमा विचाराधिन लागु औषधसम्बन्धी मुद्दा मिलाई दिन्छु भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिई गएको टोलीले निज हलुका सवारी चालक व्रिजमोहन यादवलाई सेवाग्राहीसँग रू.१,१०,०००।–(एक लाख दश हजार मात्र) घुस वापतको रकम लिइसकेको अवस्थामा सिरहा नगरपालिका वडा नं. ७ हस्पिटल चोकस्थित खड्ग होटलबाट उक्त रकमसहित रङ्गेहात नियन्त्रणमा लिइएको थियो ।
अनुसन्धानका सिलसिलामा आधार प्रमाण र कारणहरुबाट सिरहा जिल्ला अदालतका हलुका सवारी चालक व्रिजमोहन यादवले जिल्ला अदालतमा कारवाहीयुक्त अवस्थामा रहेको लागु औषध मुद्दा मिलाउन भनी रकमको बार्गेनिङ गरी आफ्नो जिम्मेवारी र पदीय दायित्वसमेतको ख्याल नगरी बदनियतपूर्वक घुस/रिसवत् दिन बाध्य पारी सोवापतको रकम रु. १,१०,०००।–(एक लाख दस हजार मात्र) लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर अपराध गरेको साथै फरार रहेका विरदेव सिंह भन्ने विरीदेव महतोले उक्त मुद्दा मिलाई दिने बहानामा व्रिजमोहन यादवसँग एकआपसमा मिलेमतो गरी व्रिजमोहन यादवलाई उक्त रकम लिन पठाई निजले उक्त रकम लिई विरीदेव महतोलाई रकम दिन नपाउँदै पक्राउ परेको र विरीदेव महतो हालसम्म फरार रहेको समेतका आधार प्रमाणबाट निजको कार्यसमेत भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) को कसुर अपराध गरेको देखिएकाले विगो रु. १,१०,०००।– (एक लाख दस हजार मात्र) कायम गरी आरोपितहरु द्वय व्रिजमोहन यादव र विरदेव सिंह भन्ने विरीदेव महतोलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३  को उपदफा (१)  तथा दफा ३ को उपदफा (१) को देहाय खण्ड (घ) बमोजिम सजायको मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26