जिल्ला झापा, साविक जिल्ला विकास समितिको कार्यालय अन्तर्गत गा.वि.स. सचिवमा कार्यरत लोकराज बराल बिरुद्ध आरोपपत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०७।२० गते ।
---------------------------------------
जिल्ला झापा, साविक जिल्ला विकास समितिको कार्यालय अन्तर्गत गा.वि.स. सचिवमा कार्यरत लोकराज बरालले नक्कली सर्टिफिकेट पेश गरी लोक सेवा आयोग इलामलाई नै छली लोकसेवाको परीक्षा दिई उत्तीर्ण गरी जागिर खाँदै आएको हुँदा निज लोकराज बरालको सर्टिफिकेट छानबिन हुन भन्ने उजुरी निवेदनउपर अनुसन्धान हुँदा  निजले नक्कली एवं झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी नेपाल सरकारको प्रशासन सेवा, सामान्य प्रशासन समूहको राजपत्र अनंकित द्वितीय श्रेणीको खरिदार पदबाट मिति २०५९/०७/०५ गतेदेखि नोकरी शुरु गरी हाल प्रशासन सेवा सामान्य प्रशासन समूह वडा सचिव पाँचौं तहको दरबन्दीमा कार्यरत रही बदनियतपूर्वक नेपाल सरकारबाट सेवासुविधा प्राप्त गरिरहेको स-प्रमाण पुष्टि हुन आएकोले निज प्रतिवादी लोकराज बराललाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १६ को उपदफा (१) को कसुरमा ऐ. ऐनको दफा १६ को उपदफा (१) बमोजिमको सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
 
प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29