मालपोत कार्यालय लेखनाथ, कास्कीमा कार्यरत खरिदार प्रकाश पौडेल र लेखापढी व्यवसायी मनहरी भट्टराई बिरुद्ध आरोपपत्र दायर ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०७।२६ गते ।
---------------------------------------
 
मालपोत कार्यालय लेखनाथ, कास्कीमा कार्यरत खरिदार प्रकाश पौडेल र लेखापढी व्यवसायी  मनहरी भट्टराईले सेवाग्राहीको जग्गा नामसारी गरी दिने कार्यका लागि मिलेमतो गरी घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले निज खरिदार प्रकाश पौडेल र लेखापढी व्यवसायी  मनहरी भट्टराईलाई रू.१२,०००।– (बाह्र हजार) घुस रिसवत लिइसकेको अवस्थामा पोखरा महानगरपालिका वडा नं. २९ मालपोत कार्यालय परिसर नजिकबाट उक्त रकम सहित रङ्गेहात नियन्त्रणमा लिईएको थियो।
अनुसन्धानको सिलसिलामा मातपोत कार्यालय, लेखनाथ कास्कीमा मुद्दा फाँटमा कार्यरत खरिदार प्रकाश पौडेलले सेवाग्राहीको जग्गा नामसारी गर्ने कार्यका लागि लेखापढी व्यवसाय गर्ने मनहरी भट्टराईसँग मिलेमतो गरी निजमार्फत घुस/रिसवत रु.१२,०००।–(बाह्र हजार) सेवाग्राहीबाट लिन लगाई खरिदार प्रकाश पौडेलले लिएको अवस्थामा बरामद भएको तथ्य पुष्टि हुन आएकोले निज राष्ट्रसेवक कर्मचारी प्रकाश पौडेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर अपराध भएको देखिंदा विगो रु.१२,०००।–(बाह्र हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिइएको साथै लेखापढी व्यवसायी मनहरी भट्टराईको हकमा निजले नामसारी गर्ने कार्यका लागि खरिदार प्रकाश पौडेल र आफूसमेतको लागि घुस/रिसवत रकम लिई प्रकाश पौडेललाई उपलब्ध गराएको पुष्टि हुन आएकोले निज मनहरी भट्टराईलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) को कसुरमा विगो रु.१२,०००।–(बाह्र हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) ले निर्देश गरेबमोजिम ऐ. ऐनको दफा (३) को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
 
प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29