मालपोत कार्यालय, पर्साका तत्कालीन फाँटवाला मदन प्रसाद गुप्ता उपर आरोप-पत्र दायर ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०८।०२ गते
------------------------------------------

मालपोत कार्यालय, पर्साको आ.व. २०७०/०७१ को रजिष्ट्रेशन फाँट “ख” मा लिखित पास गर्दा लाभकर नलिएको, एउटै नम्वर राखी विभिन्न रजिष्ट्रेशन पास गरेको, लिखित रजिष्ट्रेशनमा भएको थैली रकम घटाई कम मूल्यको थैली कायम गरी राजश्व रकम हिनामिना गरेको समेत ब्यहोराको उजुरी उपर अनुसन्धान हुँदा मालपोत कार्यालय, पर्साको रजिष्ट्रेशन फाँट “ख” का तत्कालीन फाँटवाला मदन प्रसाद गुप्ताले उठाएको राजश्व प्रचलित कानून बमोजिम समयमै दाखिला नगरी हिनामिना गर्ने तथा महत्वपूर्ण सरकारी अभिलेख कागजात र प्रमाणहरू नष्ट गरेको सप्रमाण पुष्टि हुन आई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (ग) बमोजिमको कार्य गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ज) र सोही ऐनको दफा १२ बमोजिमको कसुर गरेको देखिएकोले निज प्रतिवादी मदन प्रसाद गुप्तालाई हिनामिना भएको राजश्व रकम रू.७७,८६,८१६/- (अक्षेरुपी सतहत्तर लाख छयासी हजार आठसय सोह्र) विगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ र सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ज) तथा सोही ऐनको दफा १२ बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रदीपकुमार कोइराला
प्रवक्ता

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26