जनता माध्यमिक विद्यालय सुक्रौली, नवलपरासीका विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष पूर्णवासी यादव (अहिर) बिरुद्ध आरोपपत्र दायर।
प्रेस विज्ञप्ति :- मिति २०७६।०८।०४ गते ।
---------------------------------------
जनता माध्यमिक विद्यालय सुक्रौली, नवलपरासीका विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष पूर्णवासी यादव (अहिर) ले विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुन भारतबाट नक्कली एस.एल.सी. को शैक्षिक योग्यताका प्रमाणपत्रहरु बनाई पेश गरी विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएको हुँदा निजलाई आवश्यक कारवाही हुन भन्ने उजुरीउपर अनुसन्धान हुँदा निजले माध्यमिक शिक्षा परिषद क्षेत्रीय कार्यालय वाराणासी, यू.पी.बाट प्राप्त हाइस्कुल तहको झुठ्ठा एवं नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जनता माध्यमिक विद्यालय सुक्रौली नवलपरासीमा मिति २०७१।०६।२४ देखि २०७३ साल कार्तिक महिनासम्म विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भई भ्रटाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको देखिन आएको हुँदा निज पूर्णवासी यादव (अहिर) लाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
प्रवक्ता
प्रदीपकुमार कोइराला
Tweet