कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर काठमाडौंका सहायक रजिष्ट्रार सिताराम खड्काउपर आरोपपत्र दायर ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०८।१५ गते ।
---------------------------------------------

कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर काठमाडौंका सहायक रजिष्ट्रार सिताराम खड्काले सेवाग्राहीसँग कार्यालय परिसरमा घुस/रिसवत लेनदेन गरिरहेको भन्ने प्रतिवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज सहायक रजिष्ट्रार सिताराम खड्काले कम्पनी सम्बन्धी प्रशासनिक कामको सिलसिलामा कार्यालयमा आएका सेवाग्राहीको काम गरेवापत सेवाग्राहीबाट रु. २०,०००।–(बीस हजार) लिएको पुष्टि हुन आई राष्ट्रसेवक कर्मचारी निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको स-प्रमाण पुष्टि भएकोले निज सिताराम खड्कालाई बिगो रु. २०,०००।– (बीस हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजाय गरी घुस/रिसवत लिएको रकम रु. २०,०००।– ऐ. ऐनको दफा ३ को उपदफा (१) बमोजिम असुल उपर गरी जफत हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

 

प्रदीपकुमार कोइराला
प्रवक्ता

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26