लुम्बिनी बौद्ध विश्वविद्यालय, केन्द्रीय कार्यालय, रुपन्देहीका लेखापाल रत्नेश्वर तिवारीउपर बिगो रु. २५,०००।–सहित आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।०८।२७ गते ।
--------------------------------------------

जिल्ला रुपन्देही लुम्बिनी सांस्कृतीक नगरपालिका वडा नं. ६ स्थित लुम्बिनी बौद्ध विश्वविद्यालय, केन्द्रीय कार्यालय, रुपन्देहीमा कार्यरत लेखापाल रत्नेश्वर तिवारीले कार्यालयसँग सम्बन्धित विभिन्न सामग्री आपूर्ति गरेवापत रकम भुक्तानी दिने प्रयोजनार्थ कमिसनको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं निवेदनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले निज लेखापाल रत्नेश्वर तिवारीलाई रू.२५,०००/- (पच्चीस हजार) लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो।

अनुसन्धानको सिलसिलामा सेवाग्राहीले छपाईसम्बन्धी सामाग्री आपूर्ति गरेवापत रकम भुक्तानी लिन जाँदा लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय कार्यालय, रुपन्देहीका लेखापाल रत्नेश्वर तिवारीले विभिन्न बहाना बनाई आलटाल गरी सेवाग्राहीसँग रु. २५,०००।–(पच्चीस हजार) घुस/रिसवत रकम लिएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको स-प्रमाण पुष्टि हुन आएकोले निज रत्नेश्वर तिवारीलाई बिगो रु. २५,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

सहायक प्रवक्ता
गणेश बहादुर अधिकारी

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26