प्राथमिक विद्यालय सुनडाँडा भद्रकाली, सिन्धुलीमा कार्यरत शिक्षक ज्ञानु रायमाझीउपर आरोपपत्र दायर ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०९।१७ गते ।
-----------------------------------------

प्राथमिक विद्यालय सुनडाँडा भद्रकाली, सिन्धुलीमा कार्यरत शिक्षक ज्ञानु रायमाझीले कक्षा ५ मात्र पास गरेको र निजलाई शिक्षा सेवा आयोगको परीक्षामा पहिलो नं. मा पास गराएको भन्ने उजुरीउपर अनुसन्धान हुँदा निजले विहार विद्यालय परीक्षा समिति पटना-१७ बाट जारी गरिएको हाइस्कुल तहको झुठ्ठा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी मिति २०५४।०५।१४ मा प्राथमिक शिक्षक (तृतीय) श्रेणीमा अस्थायी नियुक्ति र मिति २०६३।०४।३० मा प्राथमिक शिक्षक (तृतीय) श्रेणीमा स्थायी नियुक्ति भई सरकारी लाभ सुविधा लिएको पुष्टि हुन आएको देखिंदा निजले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको हुँदा निजलाई साविक भ्रष्टाचार निवारण ऐन,  २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26