जिल्ला पर्सा साविक जयमंगलापुर गा.वि.स.का तत्कालीन गा.वि.स. सचिव राजेन्द्र महतो नुनियाउपर बिगो रु. ५५,९००।- कायम गरी आरोपपत्र दायर ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०९।२० गते ।
-----------------------------------------

जिल्ला पर्सा साविक जयमंगलापुर गा.वि.स.का तत्कालीन गा.वि.स. सचिव राजेन्द्र महतो नुनियाले नेपाल सरकारबाट सामाजिक सुरक्षा भत्ता शीर्षक (आंशिक अपाङ्ग, पूर्ण अपाङ्ग, औषधि खर्च, असहाय विधवा, बालबालिका तथा दलित) मा विनियोजित रकममा मृत्यु भइसकेको व्यक्तिलाई पनि रकम वितरण गरेको, किर्ते भरपाई तयार गरी व्यापक अनियमितता गरी भ्रष्टाचार गरेको भन्ने समेतको उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा निजले जिल्ला पर्सा साविक जयमंगलापुर गा.वि.स. को आ.व. २०७०/०७१ देखि आ.व. २०७३/०७४ को प्रथम चौमासिकसम्मको सामाजिक सुरक्षा भत्ता शीर्षकको रकम वितरण गर्दा उक्त रकम सम्बन्धित लाभग्राहीलाई नबुझाएको र मृत्यु भइसकेको व्यक्तिको नाममा समेत भत्ता वितरण गरी बदनियतपूर्वक सरकारी रकम हिनामिना गरेको देखिंदा निज आरोपित राजेन्द्र महतो नुनियाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर र निजको कार्यकालमा निजले वितरण गरेको सामाजिक सुरक्षा भत्ताको सक्कल भरपाईमध्ये आ.व. २०७१/०७२ को औषधि उपचार शीर्षक बाहेक अन्य भरपाई तथा आ.व. २०७२/०७३ को तेश्रो किस्ताको भरपाईहरु बरबुझारथ नगरी लुकाई नोक्सानसमेत गरेको देखिंदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १२ बमोजिमको कसुरसमेत गरेको पुष्टि हुन आएकोले निजलाई सामाजिक सुरक्षा भत्ता रकम हानिनोक्सानी तथा हिनामिना गरेको बिगो रु. ५५,९००।– (पचपन्न हजार नौ सय) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र सोही दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय गरी बिगो रकम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम असुलउपर हुन साथै प्रमाण लुकाई नोक्सानसमेत गरेको हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १२ बमोजिमसमेत सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26