इलाका प्रहरी कार्यालय, तुलसीपुर, दाङका प्रहरी नायब निरीक्षक हेमन्त के.सी.उपर आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।०९।२२ गते ।
-------------------------------------------

इलाका प्रहरी कार्यालय, तुलसीपुर, दाङमा कार्यरत प्रहरी नायब निरीक्षक हेमन्त के.सी.ले सार्वजनिक मुद्दा चलेको व्यक्तिलाई छुटाइदिए बापत सेवाग्राहीसँग घुस रकम माग गर्ने गरेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले निज प्रहरी नायब निरीक्षक हेमन्त के.सी. लाई रु.७,०००।-(सात हजार) घुस बापतको रकम लिइसकेको अवस्थामा उक्त घुस रकमसहित नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा इलाका प्रहरी कार्यालय तुलसीपुर, दाङमा कार्यरत प्रहरी नायब निरीक्षक हेमन्त के.सी.ले धरौटी रकम कम गरी छिटो छाडिदिने भनी पटक-पटक दु:ख हैरानी दिई घुस/रिसवत नदिए धरौटी धेरै हालिदिने भनी सेवाग्राहीसँग रु. ७,०००।– (सात हजार) घुस/रिसवत माग गरी लिएकोले निजको उक्त कार्य  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएकोले बिगो रु. ७,०००।– कायम गरी निज प्रहरी नायब निरीक्षक हेमन्त के.सी. लाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26