जिल्ला धनुषा, इलाका प्रहरी कार्यालय, यज्ञभूमि (धारापानी) मा कार्यरत प्रहरी नायब निरीक्षक कालिचरण पंजियारउपर आरोपपत्र दायर।
प्रेस विज्ञप्ति :- मिति २०७६।०९।२५ गते ।
-------------------------------------------
जिल्ला धनुषा, इलाका प्रहरी कार्यालय, यज्ञभूमि (धारापानी) मा कार्यरत प्रहरी नायब निरीक्षक कालिचरण पंजियारले सवारी दुर्घटनामा क्षतिपूर्ति दिलाई दिए बापत घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले निज प्रहरी नायब निरीक्षक कालिचरण पंजियारलाई सेवाग्राहीबाट रु.१५,०००।- (पन्ध्र हजार) घुस बापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।
अनुसन्धानको सिलसिलामा इलाका प्रहरी कार्यालय यज्ञभूमि (धारापानी) मा कार्यरत प्रहरी नायब निरीक्षक कालिचरण पंजियारले सेवाग्राहीलाई दुर्घटनाको रकम दिलाई दिए बापत घुस/रिसवत माग गरी लिएको तथ्य पुष्टि हुन आई निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएकोले निज कालिचरण पंजियारलाई बिगो रु. १५,०००।–(पन्ध्र हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
प्रवक्ता
प्रदीपकुमार कोइराला
Download
Tweet