जिल्ला रुपन्देही स्थित, विष्णुपुरा सशस्त्र प्रहरी बेसक्याम्पमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार बिरेन्द्रप्रसाद चौधरीउपर आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।१०।०५ गते ।
-------------------------------------
जिल्ला रुपन्देही स्थित, विष्णुपुरा सशस्त्र प्रहरी बेसक्याम्पमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार बिरेन्द्रप्रसाद चौधरीले घरायसी मालसामान ओसारपसारमा सहजीकरण गरिदिने भनी बिभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय वुटवलबाट खटिई गएको टोलीले निज बिरेन्द्रप्रसाद चौधरीलाई घुस/रिसवत रु. ६,०००।– (छ हजार) रकम लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको सिलसिलामा बिरेन्द्रप्रसाद चौधरीले सेवाग्राहीबाट सामान ओसारपसार गर्न सहजीकरण गरिदिने प्रयोजनार्थ घुस/रिसवत माग गरी लिएको प्रमाणित हुन आएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको गरेको पुष्टि हुन आएकोले निज बिरेन्द्रप्रसाद चौधरीलाई बिगो रु. ६,०००।– (छ हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26