सडक डिभिजन कार्यालय, लहान सिराहाका इन्जिनियर नविनकुमार साह र सव-इन्जिनियर विरेन्द्रकुमार साह उपर बिगो रु. १५,९६,०००।– कायम गरी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।१०।२१ गते ।
---------------------------------------------------

सडक डिभिजन कार्यालय, लहान सिराहाका इन्जिनियर नविनकुमार साह र सव-इन्जिनियर विरेन्द्रकुमार साहले सेवाग्राहीसँग रुपनी राजविराज कुनौली सडक आयोजना निर्माणको अन्तिम बिल भुक्तानी लिने क्रममा विभिन्न बहाना बनाई घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले निजहरु नविनकुमार साह र विरेन्द्रकुमार साहले सेवाग्राहीबाट रु. १५,९६,०००।–(पन्ध्र लाख छयानब्बे हजार) घुस/रिसवत लिइसकेको अवस्थामा दुवैलाई नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा सडक डिभिजन लहान सिरहाका इन्जिनियर नविनकुमार साह र सव-इन्जिनियर विरेन्द्रकुमार साहले सेवाग्राहीले गरेको सडक निर्माण कार्य सम्पन्न भई अन्तिम बिल भुक्तानीसमेतका काम गरिदिएबापत रु. १५,९६,०००।– (पन्ध्र लाख छयानब्बे हजार) घुस/रिसवत लिएको देखिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको स-प्रमाण पुष्टि हुन आएकोले निजहरु नविनकुमार साह र विरेन्द्रकुमार साहलाई बिगो रु. १५,९६,०००।– कायम गरी भ्रटाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला
 

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29