राष्ट्रिय पुनर्निर्माण प्राधिकरण शाखा भोजपुरमा कार्यरत सव-इन्जिनियर (करार) प्रकाश तिवारी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धमा आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।११।०५ गते ।
---------------------------------------------------

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण शाखा भोजपुरमा कार्यरत सव-इन्जिनियर (करार) प्रकाश तिवारीले भुकम्प पीडितको पूनर्निमित घरको निर्माण सम्पन्न रिर्पोट बनाई दिए बापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले निज प्रकाश तिवारीलाई सेवाग्राहीसँग रु.६,०००।–(छ हजार) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । 

अनुसन्धानको सिलसिलामा सेवाग्राहीको २०७२ सालको भुकम्पले घर पूर्णरुपमा क्षति भई नेपाल सरकारको अनुदान रकम लिई घरनिर्माण कार्य अन्तिम चरणमा पुगेपछि अन्तिम किस्ता रकमको लागि आवश्यक पर्ने कागजात उपलब्ध गराए बापत राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत जिल्ला आयोजना कार्यान्वयन इकाई धनकुटाबाट भोजपुर नगरपालिकाको कार्यालय भोजपुरमा कारारमा कार्यरत सव-इन्जिनियर प्रकाश तिवारीले सेवाग्राहीसँग पटक-पटक घुस/रिसवत दिन बाध्य बनाई बुझि लिएको उक्त घुस/रिसवत बापतको रु. ६,०००।– (छ हजार) सहित निज प्रकाश तिवारी पक्राउ परेको भन्ने तथ्य प्रमाणित हुन आएको हुँदा निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएकोले निज प्रकाश तिवारीलाई बिगो रु. ६,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26