जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा अन्तर्गत कार्यरत तत्कालीन प्रहरी नायव निरीक्षक मुकुन्द प्रसाद उपाध्याय (ढकाल) उपर शैक्षिक योग्यताको नक्कली (झुठ्ठा) प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।११।०७ गते ।
-------------------------------------------------

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा अन्तर्गत कार्यरत तत्कालीन प्रहरी नायव निरीक्षक मुकुन्द प्रसाद उपाध्याय (ढकाल) ले पेश गरेको शैक्षिक प्रमाणपत्र नक्कली (झुठ्ठा) रहेको र उक्त प्रमाणपत्र पेश गरी प्रहरी नायब निरीक्षकमा बढुवा भएको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निजले बिहार संस्कृत शिक्षा बोर्ड पटना भारतबाट मध्यमा तह उत्तिर्ण गरेको भनी २०५१ सालमा बढुवाका लागि झुठ्ठा शैक्षिक योग्यताका प्रमाणपत्र पेश गरी २०५८ सालमा प्रहरी सहायक निरीक्षक र मिति २०६३।१०।२९ मा प्रहरी नायब निरीक्षक पदमा बढुवा भई लाभ/सुविधा लिएको देखिन आएको र निजले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुने देखिएकोले निज तत्कालीन प्रहरी नायब निरीक्षक मुकुन्द प्रसाद उपाध्याय (ढकाल) लाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र सोही ऐनको दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26