घ्याङलेख गाउँपालिका कार्यालय सिन्धुलीमा कार्यरत इन्जिनियर दिलिप कुमार साह उपर बिगो रु. २,३०,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धमा आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।११।०७ गते ।
---------------------------------------------------

घ्याङलेख गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सिन्धुलीका इन्जिनियर दिलिप कुमार साहले सेवाग्राहीसँग घ्याङलेख गाउँपालिकाको बिभिन्न वडामा HT.LT तथा ट्रान्सफर्म जडानको बिद्युतीकरण सम्बन्धी कार्य सम्पन्न गरी भुक्तानी लिने सिलसिलामा रु.२,२६,०००।–(दुई लाख छब्बीस हजार) घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले निजलाई नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा घ्याङलेख गाउँपालिका कार्यालय सिन्धुलीमा कार्यरत इन्जिनियर दिलिप कुमार साहले घ्याङलेख गाउँपालिका अन्तर्गतका बिभिन्न वडाहरुमा विद्युतीकरण (HT,LT तथा ट्रान्सफर्म जडान) सम्बन्धी ठेक्काको निर्माण कार्य सम्पन्न भई अन्तिम कार्य सम्पन्न प्रतिवेदन तयार गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग रु. १,६०,०००।– र रु. ७०,०००।– को २ (दुई) थान चेकहरुको हुन आउने जम्मा रु. २,३०,०००।– (दुई लाख तीस हजार) घुस/रिसवत स्वरुप लिई आफूसँग राखेको अवस्थामा निज इन्जिनियर दिलिप कुमार साहबाट उक्त घुस/रिसवतबापतका चेकहरु बरामद भएको अनुसन्धानबाट खुल्न आएकोले निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर अपराध भएकाले निजलाई बिगो रु. २,३०,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26